१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

देशभरका हजारौ योजना अलपत्र

देशभरका हजारौ  योजना अलपत्र
अ अ+ अ-

काठमाडौँ । ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण पछिल्लो एक दशकमा एक हजारभन्दा बढी ठूला आयोजना अलपत्र परेका छन्। आयोजना अलपत्र पर्दा राज्यको एक खर्ब १८ अर्ब बालुवामा पानी हालेसरह बन्न पुगेको छ। सरकारसँग ठेक्का सम्झौता गर्नेबित्तिकै २० प्रतिशत रकम पेस्की लिने तर लामो समयसम्म काम नगर्ने प्रवृत्ति छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सरकार र ठेकेदार सम्पनीबीच सम्झौता भएका देशभर एक हजार ३२ योजना अहिले अलपत्र छन्। अख्तियारले योजनामा निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था अध्ययन र विश्लेष्ण गरी प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनअनुसार पछिल्लो दस वर्षमा भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका ठेक्का सम्झौतामा सबैभन्दा बढी रकम र योजना अलपत्र छन्। अख्तियारले ठेकेदारको लापरबाहीको कारण एक खर्ब १८ अर्व रुपैयाँका एक हजार आठ सय ४८ वटा ठेक्का सम्झौता समयभित्र सम्पन्न नभएको जनाएको छ। यी ठेक्का सम्झौतामध्ये एक हजार ३२ वटा सम्झौता (५५.८४ प्रतिशत) ठेक्का सम्झौताको म्यादसमेत थप नभएको आयोगले जनाएको छ। सरकारसँग सम्झौता गर्नेबित्तिकै ठेकेदारलाई ठेक्का सम्झौता रकमको २० प्रतिशत पेस्की उपलब्ध गराउँदा २४ अर्ब राज्यको ढुकुटीबाट खर्च भएको छ।

एउटै ठेक्का सम्झौता कार्यान्वयन गर्न विभिन्न कारण देखाई सम्बन्धित कार्यालयले पटकपटक म्याद थप गरेकाले ठेक्का अवधि निर्धारणमै त्रुटि देखिएको र ठेक्का सम्झौताका सर्त पालनामा पनि लापरबाही भएको छ। ठेक्का सम्झौता सम्पन्न नहुँदा सर्वसाधारणको दैनिक जीवन तथा सामाजिक आर्थिक उन्नतिका लागि टेवा प्रदान गर्ने पूर्वाधार निर्माण हुन नसकेको कारणबाट राज्यलाई क्षति पुगेको छ।

सहरी विकास मन्त्रालयअन्तर्गत २०६४/६५ देखि २०७४/७५ सम्म अस्पताल, प्राथमिक स्वास्थ्य, स्वास्थ्य चौकीलगायतका पूर्वाधार निर्माणका लागि ६ अर्ब ३० करोडका चार सय २१ ठेक्का सम्झौता गरिएकोमध्ये एक सय ७१ (३७.६ प्रतिशत) ठेक्काको म्याद थप नभई समयमा काम सम्पन्न भएको आयोगले जनाएको छ। यसैगरी ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयअन्तर्गतका १८ अर्ब ६६ करोडका दुई सय ३५ ठेक्का सम्झौता तोकिएको समयभित्र काम सम्पन्न भएको अख्तियारले जनाएको छ। यी ठेक्का सम्झौतामध्ये ९४ वटा ९(४० प्रतिशत) सम्झौता म्याद थप नभएको र समयमा पनि काम नभएको अयोगले जनाएको छ।

नेपाल विद्युत प्राधिकरणअन्तर्गतका ३८ अर्ब ४३ करोडका ९१ वटा ठेक्का सम्झौतामध्ये ४५ वटा (४९.४५ प्रतिशत) ठेक्काको म्याद थप नभएको र समयमा काम नभएको आयोगले जनाएको छ। यसैगरी संस्कृति, पयर्टन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत सात अर्ब २७ करोडका ३७ वटा योजनाको ठेक्का सम्झौतामध्ये ६ वटा (१६.२१ प्रतिशत) ठेक्काको म्याद थप नभएको आयोगले जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत १५ अर्ब ४६ करोडका २३ वटा योजनाका ठेक्का सम्झौतामध्ये आठवटा (३४.७८ प्रतिशत) ठेक्का म्याद थप नभएको आयोगले जनाएको छ। यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत ६ अर्ब ६० करोडका ९७ वटा ठेक्कामध्ये ७५ वटा (७७. ३२ प्रतिशत) ठेक्का सम्झौताअनुसार काम नभएको आयोगले जनाएको छ। खानेपानी मन्त्रालयअन्तर्गत तीन अर्ब ९० करोडका १७ वठा ठेक्का सम्झौतामध्ये १० वटा (५९ प्रतिशत) ठेक्का सम्झौताको म्याद थप नभएको आयोगले जनाएको छ।

आयोगले सरकारद्वारा सञ्चालन भएका आयोजनाअन्तर्गतका ठेक्का सम्झौताबारे सम्बन्धित मन्त्रालय, विभाग र प्राधिकरणसँग विवरण माग गरेको थियो। जसमध्ये पूर्वाधार विकाससँग सम्बन्धित सात वटा मन्त्रालयअन्तर्गतका विभाग, प्राधिकरण र कम्पनी गरी आठ वटा निकायले विवरण उपलब्ध गराएका थिए। आयोगलाई प्राप्त विवरणअनुसार एक खर्ब १८ अर्बका एक हजार आठ सय ४८ वटा ठेक्का सम्झौताको कार्य सुरु सम्झौता अवधिभित्र सम्पन्न भएको छैन। आयोगले विकास निर्माणसँग सम्बन्धित ठेक्का सम्झौतामा अनुशासन कायम गर्न प्रधानमन्त्री कार्यालयसहित सम्बद्ध मन्त्रालय र विभागलाई निर्देशन दिएको छ। नागरिक दैनिकमा खबर छ ।