१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पश्चिमी वायुका कारण फेरि मौसम गडबढ

पश्चिमी वायुका कारण फेरि मौसम गडबढ
अ अ+ अ-

काठमाडौं । युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ। बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको छ। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

आज शुक्रबार र भोलि शनिबार पनि यस्तै प्रभाव यथावत् रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार काठमाडौंको मौसम केही खुला भए पनि पूर्णरूपमा नखुल्ने र अन्यत्रको मौसम पनि दिनभरजसो प्रभावित रहने महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो।

अहिलेको मौसमी प्रणाली गत साताको जस्तो प्रभावकारी र निरन्तर झरी गराउने प्रकृतिको नभए पनि मौसम भने प्रभावित बन्ने उहाँले जानकारी दिनुभयो। पौडेलले शुक्रबार साँझ नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘देशैभरको मौसम धुम्मिएर पश्चिमी पहाडी र अन्य हिमाली भेगमा हिमपात र वर्षासमेत हुनेछ, तराईका भू–भाग केही सफा भए पनि पूर्वी पहाडी भेगको मौसम पूर्णरूपमा खुल्दैन।’

अहिलेको मौसमी प्रभावले हरेक दिन हवाई भिजिविलिटी पनि घटिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। खास गरी माउन्टेल फ्लाइट र बिहानीपखका अन्य उडानका लागि पर्याप्त भिजिविलिटी नभएको कार्यालयका अधिकारी बताउँछन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ११ बजेपछि मात्रै विमानस्थलको मौसममा सुधार आएको थियो। महाशाखाकी मौसमविद् मञ्जु बासीले भन्नुभयो– ‘बिहान ११ बजे अघिको भिजिविलिटी १ हजार ५ सय मिटरका हाराहारीमा थियो, ११ बजेपछि भने ३ हजार मिटरको हाराहारीमा पुग्यो।’

विज्ञहरूका अनुसार १ किलोमिटर हाराहारारीको भिजिविलिटीमा विमान अवतरण गर्न मिले पनि उडान गर्न सहज हुँदैन। विज्ञहरूका अनुसार त्रिभुवन विमानस्थलबाट जहाज सहज रूपमा उड्न २ हजार वा सोभन्दा माथिको भिजिविलिटी आवश्यक हुन्छ। विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले भने मौसमका कारण हवाई सेवा प्रभावित नभएको बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘गत वर्षको तुलनामा यसपटक उडान त्यति धेरै प्रभावित भएको छैन।’