१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात दशकपछि बल्ल बन्यो मेची पुल



अ+ अ-

दमक । हरेकपटक भोटको राजनीति गर्ने अस्त्र मानिएको मेची पुलको कथा अब सकिएको छ , तीन पटकसम्म शिलान्यस भएको यो पुल प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । पूर्वी नेपाललाई भारतसँग जोड्नका लागि राजमार्गबाहेक अर्को पुल निर्माण भएको हो ।

यो पुल २०२२, २०४१ र २०६६ सालमा शिलान्यस भएको थियो । यस पटक पनि नौँ वर्ष लागेर निर्माण सम्पन्न भएको हो । जिल्ला सदरमुकाम भद्रपुरदेखि भारतसम्म जोड्ने यो पुल निर्माणका लागि पटक पटक आन्दोलन भए ।

भद्रपुरका पुराना स्थानीय तथा प्रदेश सांसद ओमप्रकाश सरावगीले राजनीतिक नेतृत्वसँग पहुँच कम भएर निर्माणमा लामो समय लागेको बताए । ‘हामीले पटक पटक पुल निर्माणका लागि दबाद दिएका थियौँ, तर हाम्रो पहुँच पुगेन,’ उनले भने, ‘यस पटक भने पुल जसरी पनि बनाउने भनेर लागेकोमा ९ वर्षमा भए पनि सकियो ।’ यो समाचार आजको नागरिक दैनिकमा युवराज विवशले लेखेका छन् ।