१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकहरुको र्यालीमा प्रहरीको हस्तक्षेप, गैरकानूनी भन्दै १७ चिकित्सक पक्राउ



अ+ अ-

काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।

गैरकानूनी रुपमा धर्ना तथा बिरोध जनाएको भन्दै प्रहरीले १७ चिकित्सकलाई पक्राउ गरेको
हो । प्रहरी धरपकडका क्रममा केही चिकित्सकलाई चोट लाग्नुको साथै उनिहरुको पहिरण (एप्रोन) समेत च्यातिएको छ ।

नेपाल चिकित्सक संघले बिहिवार नै प्रेस बिज्ञाप्ति निकालेर देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको थियो । चिकित्सक संघकै निणर्य अनुसार आज सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

सोहि निणर्य अनुसार चिकित्सकहरु सांकेतिक बिरोध गर्न जम्मा भएका थिए । तर सरकारको आदेश भन्दै प्रहरीले एकाएक नियन्त्रणमा लिएर गाडिमा कोचेको हो ।

डा.केसी २४ दिनदेखि अनसनमा छन् भने उनको समर्थनमा संघले देशभर दबावमूलक कार्यक्रम गर्दै आएको छ ।