१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाको कारण टी–ट्वान्टी खेल स्थगित



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज अन्तर्गत नेपाल र पाकिस्तानबीचको तेस्रो टी–ट्वान्टी खेल वर्षाको कारण स्थगित भएको छ।

फैसलावादमा आज हुने तय भएको तेस्रो खेल बिहिबारबाट निरन्तर परेको कारण स्थगित गरिएको हो ।

अब खेल शनिबार इस्लामावादमा हुने बताईएको छ । यसअघि बिहिबार भएको दोस्रो खेल पनि वर्षाको कारण रद्द भएको थियो ।

पाँच खेलमा नेपालले सिरिजमा १–० को अग्रता बनाएको छ । लाहोरमा भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो।