१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईद्धारा टस जितेर नेपाललाई बलिङको निम्तो, रोहितकुमार र बसन्त टिममा परेनन्



अ+ अ-

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको छ । ।

आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् । टिममा रोहितकुमार पौडेल र बसन्त रेग्मीलाई आराम दिएर ललितनारायण राजवंशी र पवन सर्राफलाई मैदान उर्तान लागिएको हो । सर्राफको यो नै टी–ट्वान्टी क्रिकेटमा डेब्यु हो ।

तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ ।

आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्ने लक्ष्यमा हुनेछ ।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २–१ ले पराजित गरेको नेपाल टी–ट्वान्टी क्रिकेट सिरिजमा भने १–० ले पछि परेको छ । आजको खेलमा जिते नेपालले सिरिज १–१ को बराबरीमा पुर्याउनेछ ।