७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए लगातार विकेट



अ+ अ-

काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

यूएईले टस जितेर ब्याटिङ गरेको यूएईले आफ्नो दोस्रो विकेटको रुपमा गुलाम
गुलाम शब्बरलाई सोमपाल कामीको बलमा प्रदिपसिंह ऐरीको हातबाट क्याच गराएका हुन् । सकवर १ रनमै आउट भएका हुन् ।

यस्तै यूएईले पहिलो ओभरको अन्तिम बलमा अश्फाक अहमद चार रन बनाएर आउट भए । सोमपालले नै अहमदको विकेट लिएका थिए ।

तेस्रो ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा यूएईले १८ रन बनाएको छ ।

आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् । टिममा रोहितकुमार पौडेल र बसन्त रेग्मीलाई आराम दिएर ललितनारायण राजवंशी र पवन सर्राफलाई मैदान उर्तान लागिएको हो । सर्राफको यो नै टी–ट्वान्टी क्रिकेटमा डेब्यु हो ।

तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ ।

आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्ने लक्ष्यमा हुनेछ ।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २–१ ले पराजित गरेको नेपाल टी–ट्वान्टी क्रिकेट सिरिजमा भने १–० ले पछि परेको छ । आजको खेलमा जिते नेपालले सिरिज १–१ को बराबरीमा पुर्याउनेछ ।