२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगन



अ+ अ-

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभा आज विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ ।

अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका अभियुक्त अहिलेसम्म पनि पक्राउ नपरेको भन्दै काङ्ग्रेसले सदनमा अवरोध गरेको हो ।

विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले डा केसीको जीवनरक्षा र निर्मला हत्याकाण्डका आरोपित अहिलेसम्म पनि पक्राउ नभएकाले खेद व्यक्त गर्दै सदन सञ्चालन हुन नसक्ने घोषणा गरेपछि सभामुख पूर्णबहादुर घर्तीले विपक्षी दलको विरोध भएकाले सदन सञ्चालन हुन नसकेकाले यही माघ २२ गतेसम्मका लागि प्रदेशसभा स्थगन भएको घोषणा गर्नुभयो ।

प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक र प्रदेश नं ५ तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूची रहेको थियो ।