२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई चौथो सफलता, सन्दीपले लिए लगातार दुई विकेट



अ+ अ-

काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले आफ्नो चौथो विकेट गुमाएको छ ।

यूएईले चौथो विकेटको रुपमा मोहम्मद उस्मानलाई शुन्य रनमा गुमाएको हो ।

५.४ ओभरमा छक्का प्रहार गरेका साइमनलाई ५.५ ओभरमा भने सन्दीपले कप्तान पारस खड्काबाट क्याच आउट गराए । लगतै ब्याटिङमा आएका उस्मानलाई ५.६ ओभरमा कप्तान खड्काकै हातबाट क्याच आउट गराए ।

यसअघि दोस्रो विकेटको रुपमा गुलाम शब्बरलाई ६ रनमा आउट भएका थिए । त्यस्तै, अश्फाक अहमदले चार रन बनाएर आउट भए ।
यूएईका महत्वपूर्ण दुबै विकेट नेपालका सोमपाल कामीले लिए ।

आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् । टिममा रोहितकुमार पौडेल र बसन्त रेग्मीलाई आराम दिएर ललितनारायण राजवंशी र पवन सर्राफलाई मैदान उर्तान लागिएको हो । सर्राफको यो नै टी–ट्वान्टी क्रिकेटमा डेब्यु हो ।

तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ ।

आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्ने लक्ष्यमा हुनेछ ।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २–१ ले पराजित गरेको नेपाल टी–ट्वान्टी क्रिकेट सिरिजमा भने १–० ले पछि परेको छ । आजको खेलमा जिते नेपालले सिरिज १–१ को बराबरीमा पुर्याउनेछ ।