७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमै नेविसंघको जुलुश !



अ+ अ-


काठमाडौं । नेपाल विद्यार्थी संघले शुक्रबार दिउँसो सिंहदरबारको मुल गेटमा नै सरकार विरुद्ध जुलुश प्रदर्शन गरेको छ । अकस्मात जम्मा भएका विद्यार्थी नेताहरुले मूल गेटबाट बेलुनमा कालो ब्यानर सिंहदरबार भित्रतर्फ उडाएका छन् ।


सरकार विरुद्ध नारा लेखेर सिंहदरवारको मूल गेट अघिबाट काला तथा राता बेलुन उडाएको नेविसंघका नेता तथा पूर्व केन्द्रीय सदस्य गणेश सापकोटाले जानकारी दिए । जुलुशमा उनी सहित अन्य केन्द्रीय सदस्यहरु सहित केन्द्रीय सदस्यहरू सुशील भट्ट, जानुका पन्त लगायतका थिए । नेवि संघका कैयौँ कार्यकर्ताहरुले निषेधित क्षेत्रमै प्रदर्शन गरेका हुन् ।

निषेधित क्षेत्रमा भएको प्रदर्शनको प्रहरीले सुइको समेत नपाएको नेता सापकोटाले जानकारी दिए ।
कैयौँ विद्यार्थीहरु रहेको सो प्रदर्शनमा निरन्जन थापा, सुसान्त आचार्य, संतोष गुरुङ, सुवास घिमिरे, मंगल गुरुङ, बिजय ढुङ्गाना, सुदिप अधिकारी लगायतका विद्यार्थीको सहभागी रहेको थियो ।