२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमै नेविसंघको जुलुश !



अ+ अ-


काठमाडौं । नेपाल विद्यार्थी संघले शुक्रबार दिउँसो सिंहदरबारको मुल गेटमा नै सरकार विरुद्ध जुलुश प्रदर्शन गरेको छ । अकस्मात जम्मा भएका विद्यार्थी नेताहरुले मूल गेटबाट बेलुनमा कालो ब्यानर सिंहदरबार भित्रतर्फ उडाएका छन् ।


सरकार विरुद्ध नारा लेखेर सिंहदरवारको मूल गेट अघिबाट काला तथा राता बेलुन उडाएको नेविसंघका नेता तथा पूर्व केन्द्रीय सदस्य गणेश सापकोटाले जानकारी दिए । जुलुशमा उनी सहित अन्य केन्द्रीय सदस्यहरु सहित केन्द्रीय सदस्यहरू सुशील भट्ट, जानुका पन्त लगायतका थिए । नेवि संघका कैयौँ कार्यकर्ताहरुले निषेधित क्षेत्रमै प्रदर्शन गरेका हुन् ।

निषेधित क्षेत्रमा भएको प्रदर्शनको प्रहरीले सुइको समेत नपाएको नेता सापकोटाले जानकारी दिए ।
कैयौँ विद्यार्थीहरु रहेको सो प्रदर्शनमा निरन्जन थापा, सुसान्त आचार्य, संतोष गुरुङ, सुवास घिमिरे, मंगल गुरुङ, बिजय ढुङ्गाना, सुदिप अधिकारी लगायतका विद्यार्थीको सहभागी रहेको थियो ।