७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

यौन प्रस्ताव नमान्दा मन्त्रीले दिए धम्की, ४ लाख खाएको खुलासा

यौन प्रस्ताव नमान्दा मन्त्रीले दिए धम्की, ४ लाख खाएको खुलासा
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले एक महिलामाथि यौनजन्य प्रस्ताव राखेको खुलेको छ । मन्त्री बस्नेतले गरेको यौन प्रस्ताव अस्विकार गरेपछि बिभिन्न घम्की दिने गरेको फेसबुकमा खुलासा भएको छ।

शुक्रबार पूर्व माओबादीकी सक्रिय कार्यकर्ता रहेकी सल्यानको बागचौर–८ की मैमाकुमारी खत्रीले एउटा स्टाट्स लेखिन् जस्मा लेखिएको थियो


हाल एमाले र माओबादी केन्द्रको एकता पछि बनेको सत्तारूढ नेकपामा आवद्द छु । म निम्न २ कारणले अन्यायमा परेकाले यसै सामाजिक सञ्जाल मार्फत आफ्ना दुख र र भोग्नु परेको पिडा यही सञ्जाल मार्फत बाहिर ल्याउने बाध्य भएकि छु । मेरो पिडा र बाध्यता लाई अधिकारकर्मी र पत्रकारहरुले सत्य तथ्य बुझि न्याय दिलाउन सहयोग गरिदिनु हुन समेत आग्रह गर्दछु ।

पुर्व मन्त्री बस्नेतले म संग २०७४ साल भदौ महिनामा ४ लाख ऋण माग्नु भएको थियोे मैले आफ्नै एउटा जिम्मेवार नेता एवम् अभिभावक हुनुका नाताले कहि कतै पाए भने ऋण दिने योजना बनाए सोही बेला मैले मेरो ज्वाई र एकजना ब्यापारी साथी संग सापटी लिएर दिने समेत निधो गरे ।

मैमाकुमारी खत्रीको पत्र जसको तस्तै :

सबैलाई नमस्कार ।

विषय- न्याय पाउ भन्ने बारे ।

उपरोक्त समन्धमा म मैमा कुमारी खत्री,सल्यान जिल्ला वागचौर नगरपालिका वार्ड नम्बर ८ मा मेरो घर हो ।
म पुर्व माओबादी कार्यकर्ता समेत हुँ । हाल एमाले र माओबादी केन्द्रको एकता पछि बनेको सत्तारूढ नेकपामा आवद्द छु । म निम्न २ कारणले अन्यायमा परेकाले यसै सामाजिक सञ्जाल मार्फत आफ्ना दुख र र भोग्नु परेको पिडा यही सञ्जाल मार्फत बाहिर ल्याउने बाध्य भएकि छु । मेरो पिडा र बाध्यता लाई अधिकारकर्मी र पत्रकारहरुले सत्य तथ्य बुझि न्याय दिलाउन सहयोग गरिदिनु हुन समेत आग्रह गर्दछु ।

मैले पुर्व मन्त्री तथा सत्तारूढ दलका नेता टेक बहादुर बस्नेतलाई एउटा असल अभिभावक एवम् जिम्मेवार नेता ठान्दै आए तर दुर्भाग्य बस्नेतले मेरो निजि जिन्दगीमा ठुलो बज्रपात पारेकाले आज बाध्य भएर यि कुरा भन्न गईराखेको छु । पुर्व मन्त्री समेत रहेका बस्नेतले मेरो भावना संग खेलि आर्थिक एवम् पारिवारिक जिवनमा ठुलो अफ्ट्यारो पारेकाले न्यायका लागि सबैलाई अनुरोध समेत गर्दछु ।

पुर्व मन्त्री बस्नेतले म संग २०७४ साल भदौ महिनामा ४ लाख ऋण माग्नु भएको थियोे मैले आफ्नै एउटा जिम्मेवार नेता एवम् अभिभावक हुनुका नाताले कहि कतै पाए भने ऋण दिने योजना बनाए सोही बेला मैले मेरो ज्वाई र एकजना ब्यापारी साथी संग सापटी लिएर दिने समेत निधो गरे । त्यहीँ अनुसार मैले मन्त्री बस्नेतलाई ४ लाख रुपियाँ काठमाडौ ime गर्दिने निधो गरे तर उहाँले म सल्यान आउने भएकोले त्यहीँ आएर लिन्छु तयार पारि राख्नु पैसा भन्नु भयो र मैले तयार पारी २०७४ साल ६ महिना ११ गते उहाको घरमा पुगेर ४ लाख रुपिया बुझाए । आफ्नै घरमा पुगेर मैले त्यति खेर दिएको पैसा अहिले आएर तिम्रो र मेरो कुन आर्थीक कारोबार छैन भन्दै मेरो पैसा नदिने धम्की दिदै आउनु भएको छ । त्यति मात्रै होइन म पुर्व मन्त्री पनि हु तिमिले जानेको गर म दिन्न भन्दै धम्काउदै आउनु भएको छ । उहाँले कुनै कुनै बेला एक्लै काठमाडौ आउ,कहिले नारायणगढ आउ भन्दै एक्लै बोलाउन सुरु गर्नुभयो मैले अस्वभाविक मान्दै गए उहाँले मलाई धेरै पटक यौनजन्य क्रियाकलापमा केन्द्रीत गरेर भेट्न समेत बोलाउनु भयो मैले असहमति जनाए तर उहाले अहिले आएर मैले भेट्न अटेरी गरेपछि पैसा नदिने धम्की दिदै आउनु भएको छ । म संग पैसा लिनु भन्दा अगाडि कहिले तिमिलाई वार्ड सदस्य बनाउने हो भन्दै कहिले नगरपालिकामा चुनाब लडनु पर्छ भन्दै आसा देखाउनु भयो पैसा लिए पछि म संग घुमाउरो तरिकाले यौन प्रस्ताव समेत राख्नु भयो तब मैले असहमति जनाए तब उहाले पैसा समेत नदिने धम्की दिनु भएकोले म गरिब र अन्यायमा परेकि महिलालाई न्याय दिन सबैमा अनुरोध गर्दछु । एउटा जिम्मेवार नेता एवम् पुर्व मन्त्रीले म जस्तो सामान्य मान्छेको जिवन संग खेलवाड गरेर के फाइदा हुने रहेछ मैले बुझिन । साथै दुख गरि व्यापार व्यवसाय बाट २/४ लाखको कारोबार गरी व्यवसायी साथीहरू संग लिएको पैसा नदिने र उल्टो एकान्तमा भेट्ने बोलाएर मेरो अस्मिता माथि गिद्दे नजर लगाउने बस्नेतका कर्तुक बाहिर ल्याई मलाई न्याय पाउ भनि बाध्य भएर यो लेखेकि छु ।

मैमा कुमारी खत्री

बागचौर ८ सल्यान

https://www.facebook.com/permalink.php?story_fbid=746466359058685&id=100010859830968