७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविप्राका उप–प्रबन्धक चौधरी पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उप–प्रबन्धक विजय कुमार चौधरीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ परेका छन् ।

चौधरीले सार्वजनिक सेवामा रहँदा दुई करोड चौध लाख अन्ठाउन्न हजार आठ सय चौतीस रूपैया चौध पैसा हिनामिना गरेको खुलेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिहरु श्रीमती प्रियंका कुमारी चौधरी लगायतको नाममा राखेको खुलेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी पाउन माग दावी लिई सो चल अचल सम्पत्तिहरु जफत गर्ने प्रयोजनका लागि मात्र निज विजय कुमार चौधरीकी श्रीमती प्रियंका कुमारी चौधरीलाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।