७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसीको जीवन रक्षाको लागि सरकारले कुनै चासो देखाएन : पौडेल



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले कुनै चासो नदेखाएको गम्भिर आरोप लगाएका छन् ।

उनले भने,‘डाक्टर केसी जनताको माग लिएर अडिग भएर लड्नुभएको छ । उहाँको जीवन रक्षा हुनुपर्छ । तर, सरकारले यसमा कुनै चासो राखेको छैन् । बेवास्ता गर्यो ।’


नेता पौडेलले वर्तमान सरकारले लोकतन्त्र सुहाउँदो व्यवहार नगरेको पनि आरोप लगाए । उनले भने,‘सरकारले डाक्टर केसीसँग गरेको सम्झौताको मूल विषय तोडमोड गरेर विद्येयक ल्याएको छ ।’

उनले डाक्टर केसीले समयमै आँखा नखोलिदिएको भए स्वास्थ्य शिक्षामा रहेको समस्या र विकृतिबारे कुनैपनि दलले यो काम गर्न नसक्ने उनको भनाई थियो । उनले भने,‘यसमा लजाउनुपर्ने कुनै कारण र विषय छैन् । स्वास्थ्य शिक्षा सुधारको लागि कांग्रेस वा कम्युनिष्ट नाथे हुन, तर गोविन्द केसी सबथोक हुन् ।’

उनले गोविन्द केसीलाई कसैलेपनि अवमूल्यन गर्न नहुने धारणा राखे । उनले माथेमा आयोगको प्रवितेदन हुवहु लागु गर्नुपर्नेपनि जिकिर गरे ।


पौडेलले डाक्टर केसीलाई अनशन बसाउन लगाउने कांग्रेस नै हो र अब यसको अवतरणपनि कांग्रेसले नै गर्नुपर्छ भनेर नेपाल सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भनेको कुराको खण्डन गरे । उनले भने,‘सरकार हिजो सरकारमा हुँदा डा. केसी ७ पटक अनशन बस्नुभएको छ । उहाँलाई कसरी कांग्रेसले अनशन बस्न लगायो ? यो गलत आरोप हो ।’

उनले आरोपै लगाउने हो भने डाक्टर केसीलाई प्रधानमन्त्री र सञ्चारमन्त्रीले मार्न चाहानुभएको छ भनेर आफूहरुले पनि आरोप लगाउन सक्ने तर्क गरे । उनले भने,‘डाक्टर केसीको ज्यान जोखिममा छ । खतरामा छ । उहाँको जीवनरक्षाको लागि सरकार गम्भिर बन्नुपर्छ ।’