७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसी र नेपाल मेडिकल एशोसिएशनले जनतालाई दुःख दिने काम गर्याे : डा. दिक्षित



अ+ अ-

काठमाडौँ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले डा. गोविन्द केसी र नेपाल मेडिकल एशोसिएशनले जनतालाई दुःख दिने काम गरिरहेको आरोप लगाएका छन् ।

उनले भने,‘एशोसियएनले वार्ताको लागि पहल गर्नुपर्छ । तपाईहरुको कुरा सरकारले सुन्छ। अस्पताल बन्द गरेर जनतालाई सास्ती दिने काम गर्नुहुँदैन् ।’

उनले डा. केसीले संसदीय सर्वोच्चतालाई बुझ्नुपर्ने धारणा राखे । उनले भने,‘ओलीलाई कमजोर गर्ने कुरा गर्नुहोस, यसमा कुनै आपत्ति छैन । तर, संसदलाई कमजोर पार्ने कुरा नगर्नुहोस् ।’

उनले संसदबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विद्येयकमा केसीले उठाएका प्रायः सबै माग समावेश भएको पनि दाबी गरे । तर, केसीले राजनीतिक मुद्दा उठाएकोमा उनले दुःख पोखे ।

उनले अस्पताल बन्द गरेर के गर्न खोजेको हो ? भन्दै नेपाल चिकित्सक संघलाई प्रश्न पनि तेर्साए ।