२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्धारा यूएई ४ विकेटले पराजित



अ+ अ-

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालद्धारा यूएई ४ विकेटले पराजित भएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १०७ रन बनाएको थियो । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले आफ्नो लक्ष्य १९.३ ओभरमा १११ रन बनाएर पुरा गर्याे ।

नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले उत्कृष्ठ ब्याटिङ गरे । उनले अविजित ४७ रनको योगदान गरे । करण केसीले २० तथा पवन सराफले १८ रनको योगदान गरे । भने कप्तान पारस खड्का शून्य, ज्ञानेन्द्र मल्ल ७ र सन्दीप जोराले १ रन जोडेका थिए ।

यूएईका लागि अमिर ह्यात,मोहमद नाभेद,अमिर हौदार र सुल्तान आमेदले समान एक एक विकेट लिए ।

यूएईका लागि सीपी रिजवनले ४३ बलमा ४४ रन बनाएका रिजवनले चार चौका र एक छक्का प्रहार गरेका थिए । उनलाई अभिनाशले आउट गराए ।

त्यस्तै, यूएईका साइमन अनवरले १४, मोहम्मद बुताले ११ र कप्तान मोहम्मद नाभिद सात रनमा आउट भए । त्यस्तै,गुलाम शब्बरले ६, अस्फाक अहमदले चार र अमिर हायत तीन रनमा आउट हुदा मोहम्मद उस्मान भने शुन्य रनमै आउट भए ।

नेपालका लागि अभिनाश बोहोराले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरको समाप्तिमा २० रन खर्चेर तीन विकेट लिए ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिएका छन् । त्यस्तै, करण केसीले दुई विकेट लिए ।

नेपालद्धारा यूएई तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा २–१ ले पराजित गरेको थियो । टी–ट्वान्टी क्रिकेट सिरिजमा भने १–१ को बराबरीमा पुगेको छ ।