१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्धारा यूएई ४ विकेटले पराजित



अ+ अ-

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालद्धारा यूएई ४ विकेटले पराजित भएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १०७ रन बनाएको थियो । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले आफ्नो लक्ष्य १९.३ ओभरमा १११ रन बनाएर पुरा गर्याे ।

नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले उत्कृष्ठ ब्याटिङ गरे । उनले अविजित ४७ रनको योगदान गरे । करण केसीले २० तथा पवन सराफले १८ रनको योगदान गरे । भने कप्तान पारस खड्का शून्य, ज्ञानेन्द्र मल्ल ७ र सन्दीप जोराले १ रन जोडेका थिए ।

यूएईका लागि अमिर ह्यात,मोहमद नाभेद,अमिर हौदार र सुल्तान आमेदले समान एक एक विकेट लिए ।

यूएईका लागि सीपी रिजवनले ४३ बलमा ४४ रन बनाएका रिजवनले चार चौका र एक छक्का प्रहार गरेका थिए । उनलाई अभिनाशले आउट गराए ।

त्यस्तै, यूएईका साइमन अनवरले १४, मोहम्मद बुताले ११ र कप्तान मोहम्मद नाभिद सात रनमा आउट भए । त्यस्तै,गुलाम शब्बरले ६, अस्फाक अहमदले चार र अमिर हायत तीन रनमा आउट हुदा मोहम्मद उस्मान भने शुन्य रनमै आउट भए ।

नेपालका लागि अभिनाश बोहोराले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरको समाप्तिमा २० रन खर्चेर तीन विकेट लिए ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिएका छन् । त्यस्तै, करण केसीले दुई विकेट लिए ।

नेपालद्धारा यूएई तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा २–१ ले पराजित गरेको थियो । टी–ट्वान्टी क्रिकेट सिरिजमा भने १–१ को बराबरीमा पुगेको छ ।