७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

समायोजन फाराम नभर्ने कर्मचारी कहाँ जाने ? यस्तो सरकारको तयारी



अ+ अ-

काठमाडौं । समायोजन फाराम नभर्ने कर्मचारीले सरकारले आवश्यकताअनुसार जुनसुकै स्थानमा खटाउने भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन फाराम भरेका कर्मचारीहरूलाई उनीहरूले रोजेको ठाउँमा खटाउने र नभर्ने कर्मचारीलाई जुनसुकै स्थानमा खटाउने जनाएको हो। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

मन्त्रालयले गत पुस १८ गते कर्मचारी समायोजनसम्बन्धी २१ दिने सार्वजनिक सूचना प्रकाशन गरेको थियो। फाराम नभर्ने कर्मचारीलाई पनि ज्येष्ठता, नागरिकतामा उल्लिखित ठेगाना वा हाल बसोबास गरिरहेको ठेगानाका आधारमा समायोजन गरिनेछ।
उनीहरूलाई स्थानीय र प्रदेशमा खटाउने प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। सरकारले यसअघि विशिष्ट श्रेणीका ५६ सचिवको समायोजन गरिसकेको छ। ‘कर्मचारी समायोजन अध्यादेश–२७५’ अनुसार विशिष्ट श्रेणीका ती सचिवको समायोजन संघमा गरिएको मन्त्रालयले जनाएको छ।
१३ हजार कर्मचारीले समायोजन फाराम भरेका छैनन्।