२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

छाउगोठमा पार्वतीको मृत्यु



अ+ अ-

डोटी । महिनावारी भएका बेला घरमा आगो बालेर सुतेकी डोटी पूर्वीचौकी गाउँपालिका– ५ की २१ वर्षीया पार्वती बोगटीको बुधबार राति निसास्सिएर मृत्यु भएको छ । झरी परेर ओसिएको कोठामा आगो तापेर एक्लै सुुतेकी उनी बिहीबार बिहान मृत भेटिएकी हुन् ।

आफ्नो घरभन्दा केही परको खाली घरमा सुतेकी बुहारी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा फेला परेको सासू लक्ष्मी बोगटीले बताइन् । ‘पाँचौं दिनमा चोखिन्छु भनेर खुसी थिई, आगो बालेर सुतेकी रहिछ,’ लक्ष्मीले भनिन्, ‘विचरी सधैंका लागि आँखा चिम्लेर गई ।’

शनिबारदेखि छाउ बार्दै आएकी पार्वती त्यो दिन छाउगोठमा अरू तीन जना थपिएर ठाउँ नपुगेपछि नजिकैको घरमा सुत्न गएकी थिइन् । उनी सुतेको साँघुरो कोठामा सानो झ्याल र ढोका छ । लक्ष्मीका अनुसार पार्वती झ्याल–ढोका बन्द गरी आगो बालेर सुतेकी थिइन् । उनका केही लुगा पनि जलेका छन् । खरानी कोठाभरि छरिएको समाचार कान्तिपुर दैनिकमा छ ।