७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोल, डिजेल र मट्टीटेलको मूल्य बढ्याे



अ+ अ-

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ । 

आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ कायम भएको छ । 

निगमले एलपी ग्यासको मूल्यभने समायोजन गरेको छैन् । इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ मूल्यबमोजिम निगमलाई ग्यासमा प्रतिसिलिण्डर अझै ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको छ । मूल्य समायोजनसँगै निगमलाई समग्रमा १५ दिनमा रु एक अर्ब १६ करोड नाफा हुनेछ । 

आइओसीले शुक्रबार १५ दिनअघिको मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ २५ पैसा र डिजेलमा चार रुपैयाँ २८ पैसा बढाएर नयाँ निगमलाई मूल्यसूची पठाएको थियो । सोही आधारमा निगमले नेपालमा पनि इन्धनको मूल्यवृद्धि गरेको हो । 

निगमले १५÷१५ दिनमा मूल्य समायोजन गर्ने गरेपनि सर्वसाधारण उपभोक्ताको हित तथा देशको आर्थिक वृद्धिलाई ध्यानमा राखी अघिल्लो पटक इन्धनको मूल्यवृद्धि गरेको थिएन । विगतमा करीब डेढ महीनाजति अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले पेट्रोलियम खरीद मूल्यमा कमी आउँदा विगतको महीनामा भएका नोक्सानी केही हदसम्म पूर्ति भएको निगमका प्रवक्ता गोइतले जानकारी दिनुभयो । यद्यपि, यही माघ २ गते प्राप्त मूल्यअनुसार समेत निगमको रु एक अर्ब छ करोड सञ्चित नोक्सानी अझै पूर्ति हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।