७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

कांग्रेसले अब संसद अवरोध गर्दैन: डा. रामशरण महत

कांग्रेसले अब संसद अवरोध गर्दैन: डा. रामशरण महत
अ+ अ-

‘भेनेजुएलाको सरकारलाई समर्थन छ भन्नु त्यो विल्कुलै ठीक होइन’



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले माघ २१ गते बस्ने संसद बैठकमा आफ्नो पार्टीले अवरोध नगर्ने स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लबमा बाेल्दै नेता महतले भने,‘सँधै संसद अवरोध हुँदैन । एक दुई दिन अवरोध भयो भन्दैमा सधैं संसद अवरोध हुँदैन । उहाँहरुले महिनौं दिनसम्म अवरोध गर्नुभएको थियो । हामीले त त्यत्रो गरेका छैनौं ।’
उनले भने,‘संसदमा अवरोध गर्नेबारे अहिले कुनै निर्णय भएको छैन् । के गर्ने भन्नेबारे संसदीय दलले निर्णय गर्ला । तर, अहिलेसम्म अवरोध गर्ने निर्णय भएको छैन् । विपक्षीले विरोधको कार्यक्रम गर्नु त – संसदमा पनि विरोध गर्छ र आवश्यक परे संसदमा पनि विरोध गर्छ । एक दिन सडकमा आउँदैमा सारा कुरा निश्चय पनि अवरुद्ध हुँदैन् ।’

आफूहरुले सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौता तथा सहमति कार्यान्वयन नगरेको र जबरजस्ती संसदबाट विधेयक पारित गरेको विरोधमा सदन र सडकमा विरोध गरेको महतले स्पष्ट पारे । उनले भने,‘सभामुखले पनि विवादस्पद भूमिका खेल्नुभयो । कांग्रेसको विरोधका बावजुद पनि विधेयक जबरजस्ती पारित भयो ।’

जताततै भ्रष्टाचार
उनले पछिल्लो समय महँगीको चरम सिमा नाघेको र जताततै भ्रष्टाचार बढेको पनि आरोप लगाए । उनले भने,‘हजारौं विकास निर्माणका आयोजनाहरु बेवारिसे भएका छन् । बुहवर्षमा ठेक्का लागिसकेका आयोजनाहरु बेवारिसे भएका छन् । केन्द्रले सुरु गरेका योजनाहरु केन्द्रले नै सम्पन्न गर्नुपर्दथ्यो । होइन भने प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ । त्यसको लागि आवश्यक बजेटको पनि व्यवस्था गरिनुपर्छ । तर, त्यो केही पनि गरिएको छैन् ।’

वाइडबडी छानबिन जरूरी
उनले वार्डडबडी भ्रष्टाचार काण्डबारे पनि निश्पक्ष छानबिन हुनुपर्ने माग गरे । उनले भने,‘यसमा दोष कसको छ ? के छ ? भन्ने कुरा संसदीय समितिले बाहिर ल्याएको छ । यो रिपोर्टबारे निश्पक्ष तवरले छानबिन गर्नुपर्यो । अन्त्यमा त अदालत जान्छ । यसमा अविलम्ब निश्पक्ष तवरले छानबिन होस् । हामी यो अडानमा पछि परेका छैनौं ।’

सरकारका अार्थिक विकासका कुरा हावादारी

वर्तमान लगानी बढाउँछु र दश वर्षभित्र मध्यम आय भएका राष्ट्र बनाउने र अर्थव्यवस्थालाई पर क्यापिटा ईन्कम दश हजार डलर पुर्याउनेजस्ता सरकारले अनेक अनेक हावादारी लक्ष्यहरु घोषणा गरिरहेको पनि उनले गम्भिर आरोप लगाए । उनले भने,‘प्रधानमन्त्री डाबोस जानुभयो । यो अत्यन्तै राम्रो कुरा हो । त्यसमा असहमित होइन । तर, मुल कुरो के हो भने देशको अवस्था नै नसुधारिकन खाली भाषणमात्रै गरेर देश तथा विदेश घुमेरमात्रै अथवा लगानी सम्मेलन गरेरमात्रै लगानी आकर्षित हुने कुरो होइन ।’
देशमा सुशासन छ कि छैन ? भएका नियम, कानुनहरु राम्रोसँग पालना हुन्छन् कि हुँदैनन् ? भ्रष्टाचार समाप्त भएको छ कि छैन ? न्यायपालिका स्वतन्त्र छ कि छैन ? विधिको शासन लागु भएको छ कि छैन ? देशभित्रका लगानीकर्ताहरु के खोज्दैछन् ? भन्ने कुरामा सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ । उनले भने,‘देशभित्रै काम गर्ने वातावरण र लगानीको वातावरण बनाउनुपर्छ । तर, यी सबै कुरामा निराशजनक स्थिति छ।’
विश्व बैंकले प्रत्येक वर्ष प्रकाशित गर्ने ‘डुईङ बिजनेश रिपोर्ट’ मा नेपालको लगानीको वातावरणको अवस्था घटेको पनि उनले सुनाए । महतले भने,‘नेपालको स्टाटस घटेको छ । उता ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टअनुसार नेपालमा भ्रष्टाचार बढेको छ ।’
उनले नेपालमा पछिल्लो समय लगानीकर्ताहरु आतंकित भएको अवस्था आफूले देखेको पनि आरोप लगाए । महतले भने,‘लगानी गर्छु भन्ने मान्छेहरु पनि अहिले हच्किएका छन् । लगानी गरेकाहरुपनि उद्योग नै बन्द गर्नुपर्ने हो कि भन्ने अवस्थामा पुगेका छन् ।’
महतले मुलुकमा वैदेशि लगानी भित्र्याउनको लागि आकर्षणको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘लगानी ल्याउनको लागि देशको स्थिति सुधार्नुपर्छ ।’ उनले सरकारले समयमै र सही ढंगले निर्णय गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिए ।

लगानी सम्मेलन
सरकारले लगानी सम्मेलन गर्न लागेको विषयमा टिप्पणी गर्दै उनले भने,‘अढाई वर्ष अघि प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो । नविन्द्रराज जोशी उद्योगमन्त्री हुनुहुन्थ्यो । त्यतिवेला कि–नोट नै मैले सम्बोधन गरेको थिएँ । त्यतिवेला १४ मिलियन डलरको लगानी गर्छौं भनेर प्रतिबद्धता आएको थियो । लगानीकर्ताहरुले एम.ओ.यूमा हस्ताक्षर गरेर गएका छन् । सरकारले त्यतिवेला प्रतिबद्धता गरेका लगानीकर्ताहरुसँग फलो–अप गर्नुपर्छ । उनीहरु किन आएनन् भनेर सोध्नुपर्छ ।’
उनले नयाँ सम्मेलन गर्छु भनेरमात्रै प्रचार गर्न नहुने धारणा राखे । उनले भने,‘मेरो सरकारलाई अहिलेपनि सुझाव छ–यो प्रचारवाजी कुरामात्रै होईन । भाषणवाजी कुरामात्रै होईन । काम गरेर देखाउनुपर्यो । मेहनत गर्ने वातावरण बनाउनुपर्यो ।’

भेनेजुएला प्रकरण

फरक प्रसँगमा डा. महतले भेनेजुएला प्रकरणबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मदुरो सरकारलाई पूरा समर्थन गरेर वक्तव्य निकालेको बताउँदै भने,‘अब तुरुन्तै परराष्ट्र मन्त्रालयले अर्को निकाल्यो । ईसेन्स भन्ने हो भने, कोर कुरो भन्ने हो भने करिब करिब प्रचण्डजीलाई नै समर्थन गर्या जस्तो छ । बाहिर देखाउँदा त्यसलाई रिफाईन गरेर, ईडिटिङ गरेको जस्तो पनि देखिन्छ। मुल कुरो यहाँहरुलाई जानकारी भएकै कुरो हो कि–भेनेजुएला तेलको अत्यन्तै धनी मुलुक हो । संसारका जुन जुन मुलुक तेलका धनी छन्, अत्यन्तै सम्पन्न भएका छन् । तर, भेनेजुएला भन्ने त्यस्तो मुलुक हो, जहाँ चाही जनताले खान नपाएर, औषधोपचार नपाएर र मूल्य वृद्धि अकासिएर ८० हजार प्रतिशत मूल्यवृद्धि, त्यस्तो दुर्दशा छ।’
भेनेजुएलाका ३० लाख जनता त गएको तीन वर्ष यता खान नपाएर, औषधी उपचार नपाएर र मूल्यवृद्धि धान्न नसकेर छिमेकी मुलुकहरुमा गैसकेको पनि महतले सुनाए । महतले भने, ‘२ पाउण्ड मासु किन्नको लागि एक महिनाको तलब लाग्छ, त्यहाँको कम्युनिष्ट शासन त्यस्तो छ । समाजवादको नाममा त्यस्तो दुर्दशा छ ।’

भेनेजुएला प्रकरणमा अमेरिका रिसाएकाे मैले पनि सुनेकाे छु


नेपाल सरकारले निकालेको वक्तव्यका कारण अमेरिकी सरकार रिसाएको आफूले सुनेको पनि महतले सुनाए । उनले भने,‘हिजो सरकारको कुटनीतिक ब्रिफिङमा अमेरिकाका राजदुतपनि आएनन् । हामीले उनीहरुलाई चिढ्याउनुपनि जरुरी थिएन। अब उनीहरुलाई पनि सम्झाएर हाम्रो धारणा यो हो भनेर अलिकति सन्तुलित ढंगले बोल्नुपर्दथ्यो । र, चाहीँ अहिले भेनेजुएलाको सरकारलाई समर्थन ठीक छ भन्नु त्यो विल्कुलै ठीक होइन । किनभने त्यहाँ ठूलो मानवीय संकट छ । र, धाँधली भएर चुनाव भएको छ । प्रतिपक्षको मुख बन्द गरिएको छ । त्यसलाई समर्थन गर्ने भन्ने कुरा निश्चय नै उचित होइन ।’