२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिनामा दुईवटा चितुवा मृत फेला



अ+ अ-

काठमाडौं । दिपायल सिलगढी नगरपालिका वडा नं. ८ लडागडाको टिमुरदह गाउँ नजिकै ब्रमण्डी सामुदायिक वन क्षेत्रमा शनिबार पोथी चितुवा मृत अवस्थामा फेला परेको छ ।

अन्दाजी तीन वर्ष जतिको पोथी चितुवाको शरिरमा घाउ देखिएका छन् । पोष्टमार्टम गरेपछि मात्रै मृत्युको वास्तविक कारण पत्ता लाग्ने डिभिजन वन कार्यालय डोटीका रेन्जर सुरेश रोकायाले बताए ।

ब्रमण्डी सामुदायिक वन क्षेत्रको खोल्सीमा चितुवा मृत अवस्थामा भेटिएपछि सामुदायिक वनका अध्यक्ष झंकर साउँदले डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए । यसअघि यहि माघ ३ गते शिखर नगरपालिका वडा नं. १० बनलेकको जंगलमा पोथी चितुवा मृत अवस्थामा फेला परेको थियो । समाचार राजधानी दैनिकमा छ ।