७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दू राष्ट्रबारे बोले अध्यक्ष थापा, आन्दोलन गर्ने चेतावनी



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२र६३ को जनआन्दोलनको माग धर्म निरपेक्षता नभएको बताएका छन् । राजधानी दैनिकमा खबर छ ।

हिन्दुत्व जनजागरण अभियानअन्तर्गत काठमाडौंको बूढानीलकण्ठ नगर समितिद्वारा शनिबार आयोजित सभामा अध्यक्ष थापाले भने, ‘२०६२/६३ मा भएको जनआन्दोलनको माग धर्म निरपेक्षता थिएन, यो विषय कहीं उठेको पनि थिएन, विदेशी प्रभाव, दबाब र पैसाको प्रलोभनमा धर्म निरपेक्षता जबर्जस्ती लादिएर आयो ।’

उनले हिन्दू राष्ट्र आफ्नो पार्टीको बटम लाइन भएकाले सो अभियानमा सघाउन अन्य पार्टीसँग आस्था राख्नेहरूलाई समेत आग्रह गरेका छन् । अध्यक्ष थापाले सनातन धर्म कमजोर हुँदा मुलुकको एकता र पहिचान कमजोर हुने भन्दै हिन्दू धर्ममा आस्था राख्ने कोही पनि अरू धर्मको विरोधी हुन नसक्ने दाबी गरे ।

राप्रपाले उठाएको हिन्दू राष्ट्रको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै उनले मागलाई सरकारले बेवास्ता गरे । सडक आन्दोलन गर्ने चेतावनी समेत दिए ।