१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरवासी फेरी आन्दोलित



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको कलुवापुर–बेलौरी सडक स्तरोन्नतिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।
वर्षौँदेखि अलपत्र अवस्थामा रहेको सडक कालोपत्र हुनुपर्ने र सडकमा उड्ने धुलोबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेकाले तत्काल सडकमा पानी छर्कने व्यवस्थाको माग गर्दै आन्दोलनमा उत्रिएको स्थानीयवासी उत्तरदेव भट्टले बताउनुभयो ।

दुई दिनअघिदेखि सडक कालोपत्रको माग अघि सार्दै पाँच घण्टासम्म सडकमा चक्काजाम गर्दै आएका छौँ, उहाँले भन्नुभयो, “भोलिसम्म पनि सडक स्तरोन्नतिको कार्य अगाडि नबढाइए अनिश्चितकालसम्मका लागि चक्काजाम हुन्छ ।”

सडकको अवस्थाबारे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि भौतिक पूर्वाधार विकासमन्त्रीसम्मलाई भेटेर ज्ञापनपत्रसहित जानकारी दिइएको उहाँले बताउनुभयो । स्थानीयवासीले खाल्डाखुल्डी र धुलाम्मे भएको सडकमा असहज रूपमा यात्रा गर्नुपरेको छ । कच्ची सडककै कारण यात्रुले २७ किलोमिटर यात्रा गर्न रु १५० बढी चर्को भाडा तिर्नुपरेको छ ।

हिउँदका बेला सञ्चालन हुने सडक वर्षात्का बेला हिलाम्मे हुँदा स्थानीय यात्रुले पैदलै गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ । सडक निर्माणकार्य एक वर्षदेखि ठप्प छ । ठेकेदार कम्पनी सन्तोषी–थेगिम जेभीका प्रतिनिधि दमनराज जोशीले बजेट अभावले सडक निर्माणकार्य अगाडि बढ्न नसकेको बताउनुभयो । सन्तोषी–थेगिम जेभीले विसं २०७३ भदौमा २३ किलोमिटर कलुवापुर–बेलौरी सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो ।

सम्झौताअनुसार सन्तोषी–थेगिम जेभीले २०७५ भदौ १५ गतेभित्र निर्माणकार्य सक्नुपर्ने थियो । रु १८ करोड २० लाखमा निर्माण गर्ने सम्झौता भएकामा अहिलेसम्म निर्माण कम्पनीले रु चार करोड ४४ लाख भुक्तानी लिइ सकेको छ ।