१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

दुई रातमा दर्जनौ बालबालिकाको उद्धार

दुई रातमा दर्जनौ बालबालिकाको उद्धार
अ अ+ अ-

काठमाडौं । बालबालिका खोजतलास समन्वय केन्द्रले पछिल्लो २ रातमा ३३ बालबालिकालाई विभिन्न स्थानबाट उद्धार गरेको जनाएको छ।
केन्द्रले बिहीबारदेखि २ दिनसम्म चलाएको रात्रिकालीन उद्धार कार्यक्रममा यी बालबालिका उद्धार भएको केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले बताउनुभयो। ‘शुरूमा हामीले २७ बालबालिका उद्धार गरेका हौं, जसमा २ जना बालिका छन् ती सबै १० देखि १८ वर्ष उमेर समूहका छन्।’ –उहाँले बताउनुभयो।

रातको ८ बजेदेखि ३ बजेसम्म चलाएको कार्यक्रम स्थानीय प्रहरीसँगको सहकार्यमा पशुपति, बसपार्क, ठमेल, वसन्तपुर क्षेत्रमा पुगेको थियो। उद्धार गरिएका बालबालिका प्रायजसो नसामा लट्ठिएको अवस्थामा रहेको केन्द्रका प्रहरी निरीक्षक दाहालले बताउनुभयो। उनीहरू फोहोरको डंगुरमा नशालु गम सुँघ्ने, नशालु सुई प्रयोग गर्ने तथा ब्लेडले हात चिरिरहेको अवस्थाबाट गुज्रिरहेका थिए।

‘उद्धार गरिएका प्रायजसो नशामै थिए’, उहाँले भन्नुभयो– ‘एक जना बालक त हातमा सुई लिएर हामीलाई नै आक्रमण गर्न आयो।’ दिउँसोको समय सडकमा देखिँदा प्रहरीले समात्ने डरले सडक बालबालिका बेलुकीपख अबेर समयसम्म काठमाडौंका विभिन्न भागमा देखिन थालेका छन्। उनीहरू रातको ८ बजेदेखि २र३ बजेसम्म शहरका विभिन्न स्थानमा देखिने गरेको बालबालिका खोजतलास समन्वय केन्द्रले जनाएको छ।

दिउँसोभन्दा रातिको समय सडक बालबालिका शहरका विभिन्न स्थानमा देखिएपछि केन्द्रले आफ्नो सक्रियता देखाउँदै आएको छ। दिउँसो मात्रै सडक बालबालिका खोज्दै हिँडेको केन्द्रले अहिले रातको समय पनि सक्रियता देखाएको केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताउनुभयो।

रातको समय सक्रिय भएकै कारण उनीहरूमा थप असुरक्षा, दुरुपयोग, दुव्र्यवहारलगायतका घटना हुने कारण त्यस्तो हुन नदिन केन्द्रले रातको समय हप्तामा दुईपटक अवस्था हेरी यस्तै रात्रिकालीन कार्यक्रम चलाउँदै आएको उहाँले बताउनुभयो।

रातको समय सक्रिय सडक बालबालिकाले दिउँसोको समयमा भन्दा पनि उच्छृङ्खल व्यवहार देखाउने गरेको पाइएकाले पनि केन्द्रले विशेष ध्यान दिई रातिको समयमा पनि गस्ती बढाइ उनीहरूको उद्धार गरिरहेको केन्द्रले जनाएको छ। चालू आबको साउनदेखि हालसम्म केन्द्रले ९१ जना बालबालिकालाई रात्रिकालीन समयमा उद्धार गरेको छ त्यसमध्ये १० जना बालिका रहेको केन्द्रको तथ्यांक छ।

रातको समय विदेशी पर्यटकको चहलपहल हुने स्थान ठमेल, दरबारमार्ग, स्वयम्भु, बौद्धजस्ता स्थानमा पर्यटकसँग पैसा माग्दै हिँड्ने गरेको केन्द्रले जनाएको छ। पशुपति, बालाजु, कलंकीमा पनि सडक बालबालिका रातको समय बढी सक्रिय देखिएका केन्द्रको दाबी छ।

केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा बालबालिका खोजतलास समन्वय केन्द्रले ‘सडकमा बालबालिका बस्नुपर्दैन र सडकमा बालबालिका बस्न पाइँदैन’ भन्ने अभियान २०६३ देखि निरन्तरता छ। केन्द्रका प्रहरी, कर्मचारी, स्वयंसेवकलगायतले सडक बालबालिकालाई यसै अभियानमार्फत उठाउँदै बालगृहमा राख्ने, परिवारसँग पुनर्मिलन गराउने, सीप सिकाउने गर्दै आइरहेका छन्। सडक बालबालिकामाथि हुने अपराध र बाल बिजयीलाई कम गर्ने उद्देश्य यस कार्यक्रम सञ्चालन भएको हो। घरको पारिवारिक कलह, सौतेनी मामिला, विभिन्न प्रलोभन र प्रभावमा परेर बालबालिका सडकमा आउने गरेको केन्द्रको दाबी छ। यो समाचार आजको नेपाल समाचार पत्रमा प्रकाशित छ ।