७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुल्यो रुपमती हत्याकाण्ड : बलात्कारपछि हत्या भएको पुष्टि, दुई जना पक्राउ



अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिका–बलुवाईकी ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ८ का २५ वर्षीय अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेको छ । हत्यामा संग्लग्न दुबै जना लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ ।

रुपमतीलाई गत शनिवार घरबाट छिमेकी महमद नेमाको घरमा टिभी हेर्न जाने क्रममा अन्सारी र महतोले लागूऔषधको नसामा अपहरण गरेका थिए ।

अपहरण पछि बालिकालाई बलात्कार गरेको र हत्या गरेर शव भोलिपल्ट बिहान घरदेखि करिब ५०० मिटर दक्षिण खोलामा नग्न अवस्थामा फ्यालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्टले पनि बलात्कारपछि हत्या भएको खुलेको हो ।

घटना लगतै प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको थियो । खोलामा शव फ्याकेका कारण प्रमाण जुटाउन समय लागेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । घटना लगतै पक्राउ परेका दुबैले घटना स्वीकार गरेपनि प्रहरीले प्रमाण जुटाउन नसकेको कारण केश लम्बिएको उनले बताए ।

डीएसपी श्रेष्ठले घटनामा संलग्न दुई जनालाई आइतबार नै सार्बजनिक गर्ने तयारी रहेको बताए ।