३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

डिजिटल घरधुरी सर्वेक्षण गरिँदै

डिजिटल घरधुरी सर्वेक्षण गरिँदै
अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले बहुउपयोगी डिजिटल प्रविधिमा आधारित नक्साङ्कन एवं घरधुरी सर्वेक्षण गर्ने भएको छ ।


नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण घर, सम्पदा, मठ, मन्दिर, खुला क्षेत्र, बस्ती, सडकलगायत नगरको सचित्र आउने गरी नक्साङ्कन गरिने भएको हो । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले यही माघ २६ गते नगरपालिका क्षेत्रको पुरानो र परम्परागत बस्तीका रुपमा रहेको बालकुमारी, चपाचो, नगदेश र बोडेमा नक्साङ्कनमा लागि ड्रोन क्यामरा उडाइने बताउनुभयो ।

“घर नम्बरिङको बेस म्याप बनिसक्यो, हामी थ्रि डि नक्साङ्कनमा जाने योजनामा छौँ” उहाँले भन्नुभयो, “नगरपालिकाबाट नगर क्षेत्रको सबै घरसहितको सम्पूर्ण संरचना हेर्न सकिने गरी नक्साङ्कन गरी हाउस नम्बरिङमा समेत जाने छौ ।” उहाँले मध्यपुरथिमिको परम्परागत नाम र पहिचानलाई मेटिने गरी टोलको जथाभावी नामाकरण हुन थालेकोमा आपत्ति जनाउँदै त्यसलाई समेत व्यवस्थित गरिने र परम्परागत नाम एवं पहिचानलाई कायम गरेर नामाकरण गरिने बताउनुभयो ।

टोलको नामाकरणको सन्दर्भमा वडाबाट सिफारिस सङ्कलन गरी टोल, सडक लगायतको नगरसभाबाटै पारित गरेर स्थायी रुपमा नामाकरण गरिने उल्लेख गर्दै उहाँले नयाँ बस्तीले राखेको टोलको नाममा समेत पुरानो नामलाई समेटेर लैजाने बताउनुभयो ।

नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले नगरपालिकाले हरेक नागरिकको वासस्थान र नागरिक चिन्न सकियोस्, प्रत्येक व्यक्तिको घर, नगर भित्रका सम्पूर्ण संरचना, सडक, मठ मन्दिर नगरपालिकाबाटै हेर्न सकियोस्, नागरिकले नक्सा पास गरेको छ कि छैन, कर तिरेको छ कि छैन, नगरपालिकाबाटै सबै देख्न सकिने गरी नक्साङ्कन गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र वितरण कार्यमा स्थानीय तहले पनि यसलाई लागू गरेपछि एउटा व्यक्तिको घर कति ठाउँमा छ, जग्गा जमीन कहाँ कहाँ छ, भन्ने व्यक्तिगत तथ्याङ्क समेत हेर्न मिल्ने गरी सिस्टम बनाएर लैजान खोजिएको हो, यसले नगरको समग्र विकासमा टेवा पुग्छ ।”

उहाँले नक्साङ्कन र सर्वेक्षणले नयाँ जन्मेदेखि मृत्यु भएकासम्मको तथ्याङ्क तत्काल राख्न सकिने, कुन टोलमा कति घर छ, कति जनसङ्ख्या छ, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्यको अवस्था कस्तो छ भन्ने सहजै जानकारी लिन सकिने गरी तयारी भएको बताउनुभयो ।

नक्साङ्कन तथा सर्वेक्षण सकिएपछि नगरपालिकाको पहिचान झल्किने गरी नागरिकलाई परिचय पत्र प्रदान गरिने र नगरपालिकाको कुनै सूचना प्रवाह गर्नुपरे सबै नागरिकसम्म एकै पटक पुग्ने गरी डिजिटल प्रविधिबाट सूचना प्रवाहको व्यवस्थापन गरिने ज्ञवालीले बताउनुभयो । आगामी आव। ०७५/७६ को छ महीनाभित्र कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको उहाँको भनाइ छ ।

डोलेश्वरमा नयाँ कार्यसमिति

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिमा बालहरि चालिसेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । समितिको शनिबार शुरु भएको दशौं वार्षिक साधारणसभाले निर्वाचनको नतिजासहित आज १७ जनाको नयाँ कार्यसमितिको नामावली सार्वजनिक गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर खाइतु, उपाध्यक्षमा मोहन गिरी, महिला उपाध्यक्षमा निर्मला सञ्जेल, महासचिवमा धर्मराज बस्नेत, सचिवद्वयमा विश्वराम थापा र हरिशरण बस्नेत, कोषाध्यक्षमा मोहन बल्ल तथा सह–कोषाध्यक्षमा दिलीप केसी निर्वाचित हुनुभएको छ । सदस्यका कविराम थापा, राजनकाजी त्वाती, गीता थापा, विनोद भट्टराई, सुनिता थापा, मुकुन्द शर्मा, केदारप्रसाद उपाध्याय र दीपक बस्नेत निर्वाचित हुनुभएको छ ।