७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले विपक्षी दलको नेतालाई सूचना नै नदिई कानूनी प्रक्रियाकाे उल्लंघन गर्याे : काँग्रेस



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले संसदीय सुनुवाई विशेष समितिमा असहमति पेश गरेको छ ।

आईतबार काँग्रेसका नेताहरु ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र नारायण देव, भीमसेन दास प्रधान र पुष्पा भुषाल गौतमले असहमति पेश गरेका हुन् ।

उनिहरुले संवैधानिक र कानूनी व्यवस्थाको प्रतिकूल हुने गरी संसदीय व्यवस्थाको प्रतिकूल हुने गरी विपक्षी दलको नेतालाई विधिवत रुपमा कुनै सूचना नदिई, प्रतिपक्षको भूमिकालाई शून्य गराई एकलौटी रुपमा संविधान, ऐन, कानून प्रक्रिया र पद्धतिको ठाडै उल्लंघन हुने गरी संवैधानिक, राजनैतिक र नैतिक मूल्य र मान्यता विपरित संवैधानिक परिषदले विभिन्न आयोगका अध्यक्षहरु सिफारिस गर्ने गरी भएको सिफारिस गैह्रकानूनी भएकोले उक्त संवैधानिक परिषदको सिफारिस गैह्र कानूनी भएकोले त्यसप्रति असहमति रहेको जनाएको छ ।

संसदीय सुनुवाई विशेष समितिमा नेपाली कांग्रेस द्वारा पेश गरेको असहमति

नेपालको संविधानको धारा २८४ ले संवैधानिक परिषद सम्बन्धी व्यवस्था गरेको छ । उक्त संविधानको धारा २८४ (१) को देहाय (ङ) ले संवैधानिक परिषदको सदस्य पदमा प्रतिनिधि सभाको विपक्षी दलको नेता रहने व्यवस्था छ । सोही धारा उपधारा (४) मा संवैधानिक परिषदको अन्य काम, कर्तव्य र अधिकार सम्बन्धी कार्यविधि संघीय कानून बमोजिम हुनेछ भन्ने व्यवस्था छ ।

संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी एने, २०६६ संविधानको धारा २८४ लाई कार्यान्वयन गर्न व्यवस्था गर्न बनेको संघीय कानून हुनुपर्दछ । उक्त ऐनको दफा ६ ले परिषद बैठक सम्बन्धी कार्यविधि तोकेको छ । उक्त दफा ६ को उपदफा १ मा ‘‘परिषदको बैठक आवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ’’ त्यस्तै गरी ४८ घण्टा अगावै सदस्यहरुलाई सूचना पठाउनु पर्ने, गणपूरक संख्या अध्यक्ष र ४ जना हुनुपर्ने, बैठकको निर्णय सर्वसम्मतिको आधार हुने, सर्वसम्मती हुन नसकेमा निर्णय हुन नसक्ने, निर्णय हुन नसकेमा अध्यक्षले पुनः अर्को बैठक बोलाउने र त्यस्तो बैठकको सहमतिले सो विषयमा निर्णय गर्ने तर त्यस्तो बैठकमा पनि सहमति नभएर सम्पूर्ण सदस्यको बहुमतबाट निर्णय हुने कानूनी व्यवस्थाको विपरित संविधानको धारा २८४(४) र २९२(१) संवैधानिक र कानूनी व्यवस्थाको प्रतिकूल हुने गरी संसदीय व्यवस्थाको प्रतिकूल हुने गरी विपक्षी दलको नेतालाई विधिवत रुपमा कुनै सूचना नदिई, प्रतिपक्षको भूमिकालाई शून्य गराई एकलौटी रुपमा संविधान, ऐन, कानून प्रक्रिया र पद्धतिको ठाडै उल्लंघन हुने गरी संवैधानिक, राजनैतिक र नैतिक मूल्य र मान्यता विपरित संवैधानिक परिषदले विभिन्न आयोगका अध्यक्षहरु सिफारिस गर्ने गरी भएको सिफारिस गैह्रकानूनी भएकोले उक्त संवैधानिक परिषदको सिफारिस गैह्र कानूनी भएकोले त्यसप्रति हाम्रो असहमति रहेको व्यहोरा जानकारी गराउँदछौं ।

ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र नारायण देव, भीमसेन दास प्रधान, पुष्पा भुषाल गौतम

मिति : २०७५।१०।२०