७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र यूएईबिचको तेस्रो खेल ढिलोगरी सुरु हुने



अ+ अ-

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेल ढिलोगरी सुरु हुने भएको छ ।

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा पानी र चट्याङका परिरहेको कारण खेल ढिलोगरी सुरु हुने भएको हो ।

तीन खेलको टी–२० सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आइतबार यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो ।

सिरिजमा नेपाल र युएई १ १ खेल जित्दै बराबरीको अवस्थामा छन् । दुबै टिम आजको खेलमा जित हासिल गर्दै सिरिज आफ्नो पक्षमा पार्ने योजनामा हुनेछन् । खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ बजे सुरु हुनेछ ।

यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले पराजित गरेको थियो ।