३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्द सरकारी कार्यालय र विद्यालय खुल्यो



अ+ अ-

रुकुम । रुकुमकोटमा आज बन्द भएका विद्यालय र सरकारी कार्यालय खुलेका छन् ।

सदरमुकाम विवादको विषयमा भइरहेको आन्दोलनले बन्द गरिएका विद्यालयमा पठनपाठन र कार्यालयमा सरकारी कामकाज पुनः शुरु गरिएको प्रजिअ मित्रलाल शर्माले जानकारी दिनुभयो । सदरमुकाम विवादको विषयमा आन्दोलनका कार्यक्रम गर्ने कुरालाई लिएर रुकुमकोटवासी र गोलखाडावासीबीच शनिबार साँझ र आाइतबार बिहान जिल्ला आन्दोलन चलिरहेको ठाउँ रुकुमकोटमा भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ ।

दुवै पक्षले सो विषयलाई प्रशासनको जिम्मा लगाएपछि विद्यालय र कार्यालय खुलेका छन् । रुकुमकोट र सो आसपासका नागरिक विगत एक वर्षदेखि आन्दोलनरत छन् । यही माघ १४ गतेदेखि राके जुलुस, कोणसभा, सरकारी कार्यालयमा धर्ना लगायतका कार्यक्रम गर्दै आएका आन्देलनकारीले शुक्रबारबाट यातायातका साधन र बजार ठप्प पारेका छन् ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिकाको १२ गोलखाडामा सदरमुकाम राख्ने निर्णय गरेको थियो । सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाई सर्वोच्चले आगामी २७ गते बोलाएको छ । सो छलफल नजिकिँदै गर्दा दबाबस्वरुप दुवै पक्षले आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेका छन् ।