२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्द सरकारी कार्यालय र विद्यालय खुल्यो



अ+ अ-

रुकुम । रुकुमकोटमा आज बन्द भएका विद्यालय र सरकारी कार्यालय खुलेका छन् ।

सदरमुकाम विवादको विषयमा भइरहेको आन्दोलनले बन्द गरिएका विद्यालयमा पठनपाठन र कार्यालयमा सरकारी कामकाज पुनः शुरु गरिएको प्रजिअ मित्रलाल शर्माले जानकारी दिनुभयो । सदरमुकाम विवादको विषयमा आन्दोलनका कार्यक्रम गर्ने कुरालाई लिएर रुकुमकोटवासी र गोलखाडावासीबीच शनिबार साँझ र आाइतबार बिहान जिल्ला आन्दोलन चलिरहेको ठाउँ रुकुमकोटमा भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ ।

दुवै पक्षले सो विषयलाई प्रशासनको जिम्मा लगाएपछि विद्यालय र कार्यालय खुलेका छन् । रुकुमकोट र सो आसपासका नागरिक विगत एक वर्षदेखि आन्दोलनरत छन् । यही माघ १४ गतेदेखि राके जुलुस, कोणसभा, सरकारी कार्यालयमा धर्ना लगायतका कार्यक्रम गर्दै आएका आन्देलनकारीले शुक्रबारबाट यातायातका साधन र बजार ठप्प पारेका छन् ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिकाको १२ गोलखाडामा सदरमुकाम राख्ने निर्णय गरेको थियो । सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाई सर्वोच्चले आगामी २७ गते बोलाएको छ । सो छलफल नजिकिँदै गर्दा दबाबस्वरुप दुवै पक्षले आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेका छन् ।