२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघ २४ गते देशव्यापी शैक्षिक आम हड्ताल



अ+ अ-

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी)ले आफ्ना संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकलाई अविलम्ब रिहाई नगरे माग २४ गते देशभर शैक्षिक हड्ताल गर्ने चेतावनी दिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे संगठनले माघ १७ गते साँझ विराटनगरबाट काठमाडौँ फकिने क्रममा पक्राउ परेका विश्वकर्मालाई बिना सर्त तुरुन्त सकुशल रिहाईको नगरे शैक्षिक क्षेत्र प्रभाबित पार्ने धम्कि दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष चिरञ्जिवी ढकालले अहिलेको सरकारले प्रहरी लगाएर अपहरण शैलीमा विश्वकर्मालाई गिरफ्तार गरेको भन्दै सरकारबिरुद प्रतिकारमा उत्रिने चेतावनी दिएका हुन् ।

उनले भने,‘कमरेड नरेन्द्रको गिरफ्तारी प्रतिक्रन्तिको एउटा अमानवीय हर्कत हो र क्रान्तिकारीहरुलाई झुठ्ठा मुद्दा लगाएर जेल, नेल र यातना दिएपछि क्रान्तिको प्रवाहलाई रोक्न सकिने ध्येय राख्नु वर्तमान सामाजिक दलाल पुँजीवादी सरकारको दिवा सपना मात्र हो ।’
उनले सत्तामा रहेकाहरुलाई दलालको संज्ञा दिँदै उनीहरुले देशको पैसा मनोमानी हिसावले खाईरहेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘हामीले स्वाधिनता र राष्ट्रको लागि गरेको काम देखि नसहने ?’

उनले विश्वकर्माको तुरुन्त रिहाईको माग गर्दे हिजो क्रान्तिकारीमाथि धावा बोल्दाको अवस्थाको स्मरण गर्न पनि सरकारलाई सचेत गराए । उनले वर्तमान सरकार विचार, मुल्य, मान्यता र आदर्शबाट पुरै विचलित भएको पनि आरोप लगाए ।

उनले भने,‘ क्रान्तिकारीहरुको विरुद्ध षड्यन्त्र नगर्न हामी सरकारलाई गम्भिर चेतावनी दिन चाहन्छौँ । हाम्रा कार्यकर्ता कहाँ र कहिले पक्राउ गर्ने भनेर ढुक्ने सरकारले ताकत भए देशको सिमामा गएर देखाए हुन्छ ।’ पक्राउ परेका बि.क.लाई अविलम्ब रिहाई नगरे सरकारलाई बाटो हिँड्नमा प्रतिबन्ध लगाउने आफूहरुको आगामी कार्यक्रम रहेको पनि उनले घोषणा गरे ।

संगठनले तुरुन्त आफ्ना कार्यकर्ताको रिहाई नगरे आगामी बिरोधका कार्यक्रमको पनि घोषणा गरेको छ । उनका अनुसार यही माघ २२ गते देशभरिका पार्टी कार्यकर्ता सडकमा उतार्दै विरोध सभाको आयोजना गर्ने, माघ २३ गते मसाल जुलुस निकाल्ने र माघ २४ गते देशभरिका सम्पुर्ण शैक्षिक संस्था बन्द गर्ने कार्यक्रम रहेका छन् ।




भर्खरै