७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई तिहाईको सरकार जनतामोहन होईन मार्सीमोहन भयो : सांसद थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले मनमोहन अधिकारीका लागि देख्न नपाएको दुई तिहाई मार्सीमोहनका लागि देख्न पाएको भन्दै सरकारलाई बधाई दिएका छन् ।

संसदको आइतबार बैठकमा बोल्दै सांसद थापाले डा. गोविन्द केसीलाई पराजित गरेर धेरैलाई खुसी बनाएको भन्दै बधाई दिएका हुन् ।

मनमोहन अधिकारी पाललामा दुई तिहाईको सरकार देख्न नपाएको भन्दै उनले भने, ‘दुई तिहाईको दभ्भ देख्नै पाएका थिएनौं । अनेक ठाउँमा दुई तिहाई देख्न पाइएन । कमरेड मनमोहनका लागि पनि देख्न पाएका थिएनौं । मार्सीमोहनका लागि देख्न पाइयो, सरकारलाई बधाई छ ।’