२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री वाग्लेले कर दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार आठ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ, साताको पहिलो दिनमै धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.५७ विन्दुले घटेर एक हजार १५३.०६ विन्दुमा झरेको छ । 

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७२ विन्दुले घटेर २४५.०८ विन्दुमा झरेको छ । कारोवार रकममा भने केही वृद्धि भएको छ । आज कूल १६९ कम्पनीको १५ लाख २७ हजार ७०६ कित्ता शेयर रु ४१ करोड ५७ लाख ७३ हजार ६०३ मूल्यमा खरीद बिक्री भएका छन् । 

कारोवार भएका ११ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक दश उपसमूहको शेयर कारोवार घटेको छ । व्यापार २.८७ विन्दुले बढेको छ । यस्तै बैंकिङ ५.६४, होटल १७.२५, विकास बैंक ८.७१, जलविद्युत् १८, वित्त १.०२, निर्जीवन बीमा ३६.३१, उत्पादन १८.५३, अन्य १२.३८, लघुवित्त २.८ र जीवन बीमा ३७.५३ विन्दुले घटेको छ । 

नेपाल धितोपत्र बोर्डले शेयर प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरेको सन्दर्भमा आज बजारमा सुधार आउने अपेक्षा गरिएको थियो । 

घटेको बजारमा विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करीब चार प्रतिशतले कमाउँदा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले दुई प्रतिशतले कमाएका छन् । यस्तै सूर्योदय लघुवित्त वित्तीय संस्थाले १.९८, कालिका लघुवित्त वित्तीय संस्थाले १.९७, एभरेष्ट इन्सुरेन्स कम्पनी १.९७, विशाल बजार कम्पनीका शेयरधनीले १.९५ प्रतिशतले कमाएका छन् । 

त्यस्तै सानिमा इक्विटी फण्ड ३.७, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था ३.०६, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी २.८४, महालक्ष्मी विकास बेंक २.८७, अरुण काबेली पावर २.६७, हिमालयन पावर पार्टनर २.६७ र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.६८ गुमाएका छन् ।