२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डमाथि भारतको सहज जित



अ+ अ-

काठमाडौं । पाँच खेलको एक दिवसीय क्रिकेट सिरिजमा भारतले न्युजिल्यान्डलाई ४–१ ले जितेको छ ।

आइतबार सम्पन्न सिरिजको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई ३५ रनले पराजित गरेको हो ।

२५३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४४.१ ओभरमा सबै विकेटको क्षतिमा २१७ रन मात्रै बनाएको थियो । न्युजिल्यान्डका जेम्स निशामले ४४ र कप्तान केन विलियमसनले ३९ रन बनाए । भारतका लागि युजवेन्द्र चाहलले तीन विकेट लिए ।

यसअघि वेलिङटनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभर सकिन एक बल बाँकी छदा सबै विकेटको क्षतिमा २५२ रन बनाएको थियो । भारतका लागि अम्बटी रायडुले ९० रन बनाए । त्यस्तै विजय शंकर र हार्दिक पाण्ड्याले समान ४५–४५ रन बनाए ।बलिङतर्फ न्युजिल्यान्डका मट हेनरीले चार विकेट लिएका थिए ।