१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डमाथि भारतको सहज जित



अ+ अ-

काठमाडौं । पाँच खेलको एक दिवसीय क्रिकेट सिरिजमा भारतले न्युजिल्यान्डलाई ४–१ ले जितेको छ ।

आइतबार सम्पन्न सिरिजको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई ३५ रनले पराजित गरेको हो ।

२५३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४४.१ ओभरमा सबै विकेटको क्षतिमा २१७ रन मात्रै बनाएको थियो । न्युजिल्यान्डका जेम्स निशामले ४४ र कप्तान केन विलियमसनले ३९ रन बनाए । भारतका लागि युजवेन्द्र चाहलले तीन विकेट लिए ।

यसअघि वेलिङटनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभर सकिन एक बल बाँकी छदा सबै विकेटको क्षतिमा २५२ रन बनाएको थियो । भारतका लागि अम्बटी रायडुले ९० रन बनाए । त्यस्तै विजय शंकर र हार्दिक पाण्ड्याले समान ४५–४५ रन बनाए ।बलिङतर्फ न्युजिल्यान्डका मट हेनरीले चार विकेट लिएका थिए ।