७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा : आज चार खेल हुदैँ, एथ्लेटिको र रियल मड्रिड जितको खोजीमा हुने



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज चार खेल हुने भएको छ । पहिलो खेल नेपाली समय अनुसार राति ९ बजे रियल बेटिसको घरेलु मैदानमा बेटिसले एथ्लेटिको मड्रिडसँग भिड्दैछ ।

दोस्रो खेल लिगको तेस्रो स्थानको रियल मड्रिडले आफ्नौ घरेलु मैदानमा लिगको र छैटौं स्थानमा रहेको अलाभेस खेल्दै छ । खेल राति १ः३० बजे सुरु हुने छ ।

अन्य खेलमा भिल्लारिया र स्पाईनोल तथा इभर र जियोना भिड्दै छन् ।

हाल लिगमा एथ्लेटिको २१ खेलबाट ४४ अंक बनाएर दोस्रो स्थानमा छ । बेटिस समान खेलबाट २९ अंकसहित नवौं स्थानमा छ । यता, अलाभेसको २१ खेलबाट ३२ अंक छ । रियल २१ खेलबाट ३९ अंक बनाएर तेस्रो स्थानमा छ ।

एक खेल कम खेलेको रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ११ अंकले पछि परेको छ ।