७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक अवस्थाको ख्याल गर्न प्रधानमन्त्रीको आग्रह



अ+ अ-

खार्तुम । सुडानका प्रधानमन्त्री मुताज मुसाले आर्थिक अवस्थाको ख्याल गर्न सुडानी प्रदर्शनकारीहरुलाई आह्वान गर्नुभएको छ ।

खार्तुममा शनिबार आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, “प्रदर्शनकारीको आवाज अवश्य सुन्नु पर्दछ र सम्मान गर्नुपर्दछ तर देशको आर्थिक अवस्था के छ त्यो पनि हेर्नुपर्छ ।”

आन्दोलनकारीहरुले तर्कपूर्ण मागहरु पनि उठाएको बताउदै उहाँले ती मागहरुलाई सरकारले खुल्ला हृदयले पुरागर्ने तर्फ लाग्ने पनि बताउनुभएको समाचारमा जनाइएको छ ।
उहाँले मुलुकको आर्थिक समस्यालाई पनि सँगसगै मिलेर समाधान गर्ने सरकारको चाहना रहेको उल्लेख गर्नुभयो । देशका आर्थिक समस्या जारी नै रहेको भन्दै ती मुद्दाको समाधान मिलेरै गर्ने पक्षमा सरकार रहेको पनि बताउनुभयो ।
“यो कुरा सत्य हो की यहाँ धेरै आर्थिक समस्याहरु छन्, त्यसलाई समाधान गर्ने कार्य भइरहेको छ,” उहाँले प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै भन्नुभएको छ ।

गत वर्षको डिसेम्बर १९ देखि राजधानी खार्तुमसहित सुडानका विभिन्न ठाउँमा विरोध प्रदर्शनका कार्यक्रमहरु भइरहेका छन् । जसका कारणले देशमा आर्थिक अवस्थामा ह्रास आइरहेको समाचारमा जनाइएको छ ।
मुल्यबृद्धिका विरुद्धमा सरकारका विरुद्ध विपक्षीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन विगत लामो समयदेखि जारी नै रहेको छ । प्रदर्शनका क्रममा अहिले सम्म कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

निकै लामो समयको यो प्रदर्शनका कारण अरु कैयौँ घाइते भएको समाचारमा जनाइएको छ । त्यसैगरी यस आन्दोलनका कारण नागरिकका आधारभूत खाद्य लगायतका वस्तुहरुको पनि मूल्य बृद्धि भएको छ ।