७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा रेल दुर्घटनामा छ जनाको मृत्यु



अ+ अ-

नयाँ दिल्ली । भारतीय पूर्वी राज्य बिहारमा आइतबार बिहान भएको रेल दुर्घटनामा परी छ जनाको मृत्यु भएको रेल अधिकारीले जनाएका छन् ।

सो घटनामा परी अन्य चार जना गम्भीर घाइते भएका छन् । त्यसैगरी सात जना सामान्य घाइते भएका पनि अधिकारीले जनाएका छन् ।

दुर्घटनामा परेका पीडितहरुलाई भारत सरकारले आर्थिक सहयोगका कार्यक्रमहरु घोषणा गरेको बताइएको छ ।

दुर्घटनामा मृत्यु भएकाको परिवारलाई पाँच लाख भारतीय रुपैयाँ, गम्भीर घाइतेलाई एक लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार दिने घोषणासमेत गरेको समाचारमा जनाइएको छ ।

भारतीय रेल सेवाका प्रवक्ता स्मिता शर्माले घाइतेहरु सबैलाई उपचार खर्च रेल सञ्चालक संस्थाले नै वेहोर्ने बताउनु भएको छ ।

बिहारको बैशाली जिल्लामा सो दुर्घटना भएको हो । रेलले पटरी छोडेर बाहिर निस्किएपछि सो दुर्घटना भएको बताइएको छ ।

दुर्घटनाका बेला अधिकांश यात्रु निदाएका अधिकारीले जनाएका छन् । उक्त रेल आइतबार बिहान ९ बजे दिल्लीस्थित आनन्द बिहार रेलवे स्टेशनमा पुग्ने तालिका रहेको थियो ।