१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा रेल दुर्घटनामा छ जनाको मृत्यु



अ+ अ-

नयाँ दिल्ली । भारतीय पूर्वी राज्य बिहारमा आइतबार बिहान भएको रेल दुर्घटनामा परी छ जनाको मृत्यु भएको रेल अधिकारीले जनाएका छन् ।

सो घटनामा परी अन्य चार जना गम्भीर घाइते भएका छन् । त्यसैगरी सात जना सामान्य घाइते भएका पनि अधिकारीले जनाएका छन् ।

दुर्घटनामा परेका पीडितहरुलाई भारत सरकारले आर्थिक सहयोगका कार्यक्रमहरु घोषणा गरेको बताइएको छ ।

दुर्घटनामा मृत्यु भएकाको परिवारलाई पाँच लाख भारतीय रुपैयाँ, गम्भीर घाइतेलाई एक लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार दिने घोषणासमेत गरेको समाचारमा जनाइएको छ ।

भारतीय रेल सेवाका प्रवक्ता स्मिता शर्माले घाइतेहरु सबैलाई उपचार खर्च रेल सञ्चालक संस्थाले नै वेहोर्ने बताउनु भएको छ ।

बिहारको बैशाली जिल्लामा सो दुर्घटना भएको हो । रेलले पटरी छोडेर बाहिर निस्किएपछि सो दुर्घटना भएको बताइएको छ ।

दुर्घटनाका बेला अधिकांश यात्रु निदाएका अधिकारीले जनाएका छन् । उक्त रेल आइतबार बिहान ९ बजे दिल्लीस्थित आनन्द बिहार रेलवे स्टेशनमा पुग्ने तालिका रहेको थियो ।