७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य कमाण्डरसहित सात लडाकू मारिए



अ+ अ-

लासकारगाह । अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबान लडाकूका कमाण्डरसहित सात जना मारिएका छन् ।

अफगान सेनाले आइतबार जारी गरेको वक्तव्यमा अरु पाँच लडाकू घाइते भएका जनाइएको छ । वक्तव्यका अनुसार सरकारी सेनाले शनिबार चलाएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् ।

सेनाले तालिबान लडाकू कमाण्डर क्वारी जानान पनि सोही कारबाहीका क्रममा मारिएको समाचारमा जनाइएको छ । लडाकूहरुले आफ्ना आखडामा राखेका अन्य बन्दोबस्तीका सामग्रीहरु पनि सो कारबाहीका क्रममा नष्ट गरिएको बताइएको छ ।

सेनाले सुरक्षाकर्मीतर्फको क्षतिको बारेमा भने कुनै जानकारी दिएको छैन । घटनाका बारेमा तालिबान लडाकूको तर्फबाट पनि कुनै प्रतिक्रिया आएको छैन ।