७ पुष २०८२, सोमबार
,
Latest
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँः नेपाली सेना नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा बालबालिकाले दन्तमन्जन बढी प्रयोग गरे



अ+ अ-

वासिङ्टन । अमेरिकाका धेरै बालबालिकाले चिकित्सकले सिफारिश गरेको भन्दा धेरै मन्जन प्रयोग गर्ने गरेको पाइएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा न्युनीकरण केन्द्रले दिएको जानकारी अनुसार सन् २०१३ देखि २०१६ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा ३८ प्रतिशत बालबालिकाले तोकिएको भन्दा बढी मन्जन प्रयोग गर्ने गरेका देखिएको छ ।

यसरी बढी मात्रामा दन्तमन्जन प्रयोग गर्नेमा तीन वर्षदेखि छ वर्षसम्मका बालबालिका रहेको जनाएको छ ।

केन्द्रले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार अधिकांश बालबालिकालाई उनीहरुका आमाबुबाले छ महिनाको उमेरदेखि दाँत माझिदिने गरेकोमा चिकित्सकले भने दुई वर्षपछि मात्र दाँत माझ्न सुरु गर्न सिफारिस गरेका थिए ।