१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

छोरा जन्माएको तर अस्पतालले छोरी थमाए पछि….

छोरा जन्माएको तर अस्पतालले छोरी थमाए पछि….
अ अ+ अ-

काठमाडौं । अस्पतालले आफ्नो छोरा साटेर छोरी थमाएको भन्दै चौकुने गाउँपालिकाको मायाताल निवासी नवीन गहतराज र भावना आफ्नो छोरा खोज्दै वीरेन्द्रनगर आएका छन् ।

नवीन भारतको पिथौरागढमा मजदुरी गर्थे । सोही क्रममा उनले घरमा रहेकी गर्भवती पत्नी भावनालाई चार महिनाअघि भारतमै लगे । त्यही क्रममा जनवरी ११ तारिख(पुस २७) गते भावना सुत्केरी भइन् । भावनाले छोरा जन्माएकी थिइन् । तर, भारतीय अस्पतालले साटेर छोरी थमाइदिएपछि यो जोडी यतिबेला छोरा फिर्ता गराइदिन माग गर्दै नेपालमा हारगुहार गरिरहेको छ ।

भारतको पिथौरागढस्थित जिल्ला महिला अस्पतालमा भावना सुत्केरी भएकी थिइन् । त्यही क्रममा आफूले छोरा जन्माएको र अस्पतालले छोरी थमाएर घर पठाएको भावनाको दाबी छ । भावनाका पति नवीन भन्छन्, ‘ श्रीमतीलाई व्यथा लाग्यो, मैले हतारमा एम्बुलेन्समा राखेर अस्पताल दौडाएँ । बाटोमै छोरा जन्मियो, तैपनि बच्चा र आमाको स्वास्थ्यका लागि अस्पतालमा लगेर भर्ना गरेँ ।’ छोरा जन्माएको भन्दै एम्बुलेन्सका चालक र एम्बुलेन्समा रहेका स्वास्थ्यकर्मीले बधाई दिँदै लड्डु खुवाउन भनेकोसमेत नवीनले सुनाए । तर, करिब पाँच घण्टापछि अस्पतालले आफूहरूलाई छोरी थमाएर निकालिदिएको यो जोडीको गुनासो छ ।

‘म होसमै थिएँ, मैले छोरा नै जन्माएकी हुँ’ भावनाले काखमा रहेकी छोरी देखाउँदै भनिन्, ‘यो छोरी मैले जन्माएको होइन, अस्पतालले मेरो छोरा लगेर जबर्जस्ती यो बच्चा जिम्मा लगाइदियो ।’ छोरालाई आईसीयूमा राख्नुपर्छ भनेर नर्सहरूले लगेको उनले बताइन् । उनले भनिन्, ‘पाँच घण्टापछि यो छोरी ल्याएर जिम्मा लगाए ।’ छोरा साटिएको भन्दै यो जोडीले अस्पताल र प्रशासनमा हारगुहार गरेको छ । स्थानीय प्रहरीले उल्टै आफूहरूमाथि कुटपिट गरेर त्यहाँबाट बाहिर निकालिदिएको यो जोडीको दुखेसो छ ।

भारतमा न्याय पाउन नसकेपछि आफूहरू नजिकै रहेको नेपालको बैतडी प्रशासनमा पुगेको नवीनले बताए । तर, बैतडी प्रशासनले पनि गृहजिल्ला सुर्खेतमै गएर उजुरी दिन भन्यो । साटिएको छोरा फिर्ता पाउने आस बोकेर सुर्खेत आइपुगेको यो जोडीलाई स्थानीय प्रशासन र प्रहरीले भारतमा भएको घटनामा आफूहरुले केही गर्न नसक्ने जवाफ दिएर फिर्ता गरिदिएका छन् ।

डीएनए परीक्षण गर्न माग

पीडित दम्पतीले भारतीय अस्पतालले थमाएको छोरी आफ्नो नभएको बताएको छ । छोरा साटिएको र अस्पतालले अर्केको छोरी हात लगाएको भन्दै यो जोडीले डीएनए परीक्षण गर्न माग गरेको छ । भावनाले भनिन्, ‘यो साथमा रहेको छोरी मैले जन्माएको होइन, मेरो छोरा अस्पतालबाटै साटिएको छ । यो छोरीको डीएनए परीक्षण गरेर भए पनि छोरा फिर्ता गरिपाऊँ ।’

नवीन भन्छन्, ‘म आफ्नो छोरालाई राम्रोसँग चिन्न सक्छु, गाडीमै जन्मिएपछि मैले नै काखमा राखेर अस्पतालसम्म लगेको हुँ । उसको दायाँ आँखा नजिक सानो कोठी छ, भारतमा कसैले सहयोग गरेनन् । अब नेपाल सरकारले नै हाम्रो छोरा फिर्ता गरिदेओस् ।’ न्यायका लागि नेपालसम्म आउँदा पनि राज्यले वास्ता नगरेको उनीहरूको गुनासो छ । समाचार अन्नपूर्ण पोष्टमा छ ।