१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मेलम्ची ठेकेदारसंग वार्ता गर्न चार कर्मचारी सुटुक्क बैंकक

मेलम्ची ठेकेदारसंग वार्ता गर्न चार कर्मचारी सुटुक्क बैंकक
अ अ+ अ-

काठमाडौं । मेलम्चीको इटालियन ठेकेदार सीएमसी र सरकारबीच वार्ताको वातावरण बनाउन मेलम्ची खानेपानी आयोजनाका कर्मचारी, खानेपानी मन्त्रीको स्वकीय सचिव र उपठेकेदार सुटुक्क थाइल्याण्डको राजधानी बैंकक गएका छन् । समाचार अन्नपूर्ण पोष्टमा छ ।

मेलम्चीका उपकार्यकारी निर्देशक भोजविक्रम थापा, खानेपानी मन्त्री बिना मगरको स्वकीय सचिव विजय भट्टराई, मेलम्चीमा सामान आपूर्ति गर्ने दिनेश श्रेष्ठ र आयोजनाका कानुनी सल्लाहकार शुक्रबार बैंकक गएका हुन् ।

आयोजना स्रोतका अनुसार यो टोलीसित सीएमसीको कुरो मिल्यो भने मन्त्री वा सचिवस्तरीय उच्च तहमा निर्णायक वार्ता हुनेछ । सीएमसीले नेपालमा आफूहरु आउँदा खानेपानी सचिव गजेन्द्र ठाकुर र मन्त्रीका पीए भट्टराईहरुले पुनः पक्राउ, राहदानी (पोसपोर्ट) जफत गर्ने लगायतका धरपकड लगायतका कारण देखाउँदै सिंगापुर वा इटालीमा वार्ताका लागि सरकारलाई प्रस्ताव गर्दै आएको थियो ।

‘बैंकक बैठकमा सहमति हुने देखियो भने, मन्त्री, सचिव र आयोजनाका कार्यकारी निर्देशकहरु पुनः सीएमसीका उच्च अधिकारीहरुसित वार्ता गर्छन्,’ स्रोतले भन्यो, ‘यो तह (उपकार्यकारी स्तर) मा कुरा मिलेन भने मेलम्चीको कुरा मिल्नेछैन ।’

सीएमसीले नेपाली आपूर्तिकर्ताहरुलाई भुक्तानी गर्न पुग्ने पैसा सरकारले दिएमा काममा फर्कने जनाउ दिंदै आएको छ । ‘आफूले पाउनुपर्ने भुक्तानी पाएमा काम सिध्याउने’ ठेकेदारको शर्त रहेको स्रोतले बतायो ।

खानेपानी सचिव ठाकुरले सीएमसीसितको ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का गराउने पहल गरेका थिए । नयाँ ठेक्का गराउँदा आयोजना अझ तीन वर्ष पर धकेलिने जोखिम बढेको भन्दै पुरानै ठेकेदारसित वार्ता गर्न उनलाई दवाब परेको थियो ।

सचिव ठाकुरले नेपाली सेनालाई जिम्मा दिने बताउँदै आए पनि सेनाले ठेक्कापट्टाका काम नगर्ने बताएपछि सरकार ललिचो हुन बाध्य भएको स्रोतको दाबी छ ।

सीएमसीले काम गरिसकेपछि पाउनुपर्ने भुक्तानी (विवाद निरुपण बोर्डले तय गरेको रकम ३६ करोड रुपैयाँ) मेलम्ची बोर्डले नदिएको भन्दै गत डिसेम्बर १७ मा एकतर्फी ठेक्का रद्द भएको नोटिस जारी गरेको थियो । ठेकेदारले उक्त नोटिस जारी गरेपछि सचिव ठाकुरले ठमेलस्थित होटलमा बसिरहेका सीएमसीका कर्मचारीलाई ३० जना प्रहरीको डफ्फा परिचालन गरी पक्राउ गराएका थिए ।

खानेपानी मन्त्री मगरको पीए भट्टराईले ती विदेशीहरुको राहदानी जफत गरेका थिए । त्यसपछि यता उनीहरु नेपालमा बस्नु असुरक्षित ठानी वार्तासमेत नेपालबाहिर गर्नुपर्ने माग गर्दै आएका थिए ।

सरकारले दुई साताअघि ठेकेदारलाई ठेक्का रद्द भएको पत्राचार गरेको थियो । ठेक्का सम्झौता अनुसार उक्त पत्र काटेको १४ दिनसम्म वार्तामा बसी सहमति गर्न नसके स्वतः ठेक्का रद्द हुने प्रावधान छ । ‘अहिले नेपाली पक्ष ठेकेदार मनाउन लागेको छ,’ आयोजनाका एक अधिकारीले अन्नपूर्णसित भने, ‘ऊ मानिरहेको छैन ।’

रकारले यही माघ २७ गते मेलम्चीको पानी काठमाडौं आउने घोषणा गरेको थियो । त्यसअघि दशैंको पूर्वसन्ध्यामा आउने भनिएको थियो । दशैंमा पनि नसकिएपछि उसले तिहार लगत्तै आउँछ भन्दै काठमाडौं उपत्यकाका ४० लाख वासिन्दालाई आश्वासन दिएको थियो ।

हाल सीएमसीले साढे २६ किलोमिटर सुरुङ निर्माण कार्य पूरा गरिसकेको छ । तर मेलम्ची खोलाबाट सुरुङमा पानी हुल्न बनाउनुपर्ने मुख्य संरचना मुहान (हेडवक्र्स) को निर्माण कार्य अझै सुरु भएको छैन । खोलामा अस्थायी बाँध हालेर पानी फर्काउने र त्यही पानी उपत्यकामा आउँछ भन्ने हतारो सरकारलाई पटक, पटक भइरहेको थियो ।