• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीलाई फेरी बालुवाटारमा भव्य महल



काठमाडौं । सरकारले प्रधामन्त्रीको निवासको लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ।

अहिलेको संरचना अपुग भएको निष्कर्षसहित सरकारले अत्याधुनिक सुविधासम्पन्न निवास बनाउन मन्त्रिपरिसद्‍बाट स्वीकृत पाइसकेको कारोबार दैनिकले उल्लेख गरेको छ।

राष्ट्रपति, उपराष्ट्रपित, पूर्वराष्ट्रपति , मन्त्री सांसद लगायत राज्‍यका बहालवाला पदाधिकारीको सुविधाभोगी बन्दै गएको आरोप लागेको बेला त्यसलाई थप बल पुग्ने गरी प्रधानमन्त्रीको सुविधाको लागि करडौँ रुपैयाँ खर्च गरेर नयाँ भवन बन्न लागेको हो।
गत भदौमा मात्रै सरकारले राष्ट्रपति भवन विस्तारको लागि प्रहरी प्रशिक्षण प्रतिष्ठान हटाउने निर्णय गरेको थियो।