२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी नेपाली भूमीमा भारतको दादागिरी, सरकार बेखबर



अ+ अ-

काठमाडौं । द्विपक्षीय छलफल गरेर मात्रै नाली खन्ने सहमतिविपरीत भारतीय पक्षले कञ्चनपुरको डोकेबजारमा फेरि नाली र तारजालीको काम सुरु गरेको छ । समाचार अन्नपूर्ण पोष्टमा छ ।

माघ ११ गते कञ्चनपुरका डिभिजन वन अधिकृतसहितको टोलीसँग दुई देशका अधिकारीबीचको बैठकमा छलफल गरेर मात्रै नाली र तारजालीको काम गर्ने सहमति भएको थियो । तर, भारतीय वन विभागले शनिबार बेलुकीदेखि पुनः कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार क्षेत्र नजिकै जैविक मार्ग क्षेत्रमा नाली खन्न थालेको हो ।

माघ ११ गते दुवै देशका अधिकारीबीच उक्त विषयमा सीमा बैठकमा छलफल गर्ने र केन्द्रीय निर्देशनअनुरूप अघि बढ्ने सहमति भए पनि भारतीय पक्षले त्यसको उल्लंघन गरेको स्थानीयले बताएका छन् । ‘शनिबारदेखि भारतीय पक्षले फेरि नाली खन्न थालेको छ’, निमित्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टले भने, ‘भारतीय पक्षले साताअघि भएको छलफलपछि पुनः खन्न सुरु गरेको विषयमा केन्द्रमा जानकारी गराइएको छ ।’

जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई पत्र लेखी भारतीय पक्षले दसगजा क्षेत्रनजिकै आफ्नै भूभागमा डोजर लगाएर नाली खन्न लागिरहेको विषयमा जानकारी गराएको छ । गृहमार्फत नै परराष्ट्र मन्त्रालयसहित नापी विभागमा समेत भारतीय पक्षले गरिरहेको कामबारे जानकारी गराइसकिएको प्रशासनले जनाएको छ ।

माथिबाटै नरोक्न आदेश आएपछि काम सुरु गरेको भारतीय पक्षको भनाइ छ । ‘भारतीय पक्षसँग बुझ्दा माथिको आदेशमा काम गरिरहेका हौं भन्छन्’, पुनर्वास नगरपालिका–११ का वडाध्यक्ष तुलसी अर्यालले भने, ‘केन्द्रको नीतिअनुरूप नै भनेर भारतीय पक्षले धमाधम काम अघि बढाइरहेको छ ।’

दशगजामा तारबार लगाउँदै भारत, नेपाली भू–भाग डुबान हुने खतरा

उनले भारतीय पक्षले दसगजा क्षेत्रमै तारबार लगाएर नेपाली भूभाग वर्षातमा डुबानमा पार्ने योजना रहेको आरोप लगाए । ‘त्यहाँ तारबारका नाममा ड्याम बनाउने र त्यसले नेपालतर्फ क्षति हुने देखिन्छ’, उनले भने । दसगजा क्षेत्रनजिकै कुनै पनि मुलुकले भौतिक संरचना निर्माण गर्नुअघि सहमति गर्नुपर्ने भए पनि भारतीय पक्षले त्यसको समेत उल्लंघन गरेर काम अघि बढाएको हो ।

नेपालतर्फको डोकेबजार क्षेत्रबाट फोहोर फ्याँक्ने गरिएको तथा भारतीय जनावर नेपाल जानबाट रोक्नका लागि भन्दै नाला खनेर तारबार लगाउन लागिएको भारतीय पक्षले बताएको छ । चार वर्ष अघिसमेत भारतीय पक्षले डोकेबजार क्षेत्रमै नाली निर्माण थाल्दा नेपाली पक्षको विरोधपछि रोकिएको थियो ।

भारतले अन्तर्राष्ट्रिय जैविकमार्गमा नाला खनेर तारबार लगाउन सुरु गरेपछि त्यसले वन्यजन्तुको आवागमनमा असर पर्ने खतरा देखिएको छ । ‘जुन ठाउँमा भारतले तारबार लगाउन सुरु गरेको छ, त्यो क्षेत्र अन्तर्राष्ट्रिय जैविक मार्गमा पर्छ’, लालझाडी मोहना संरक्षित वन परिषद्का अध्यक्ष राजबहादुर ऐरले भने ।

जैविक विविधतालाई समेत ख्याल नगरी भारतीय पक्षले वन्यजन्तुको आवागमनलाई नै असर पुग्ने हिसाबले काम गरिरहेको उनले बताए । उनका अनुसार नाला खनिरहेको स्थान भारतको दुधुवा नेसनल पार्कको क्षेत्र हो ।

भारतको दुधुवा नेसनल पार्क हुँदै नेपालतर्फ लालझाडी–शुक्लाफाँटा हुँदै चुरेको फेदीसम्म वन्यजन्तु आवागमन हुने अन्तर्राष्ट्रिय जैविक मार्ग हो । २ किलोमिटर लामो नाला खनेर तारबार लगाउन लागेको हो । भारतको दुधुवा नेसनल पार्कको १७ किलोमिटर क्षेत्रफल जैविक मार्गमा पर्छ ।