१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

घाँटी थिचेर पालैपालो बलात्कार, सामूहिक बलात्कारपछि हत्या भएको खुलासा

घाँटी थिचेर पालैपालो बलात्कार,  सामूहिक बलात्कारपछि हत्या भएको खुलासा
अ अ+ अ-

विराटनगर । माघ १३ गते सिघिया खोलामा मृत अवस्थामा भेटिएकी १० वर्षीया गुडिया भनिने रुपमति दासको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको छ । स्थानीय दुई युवाले उनको बलात्कारपछि हत्या गरेको खुलेको हो । आजको सौर्य दैनिकमा समाचार छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाजस्तै रुपमतिको पनि हत्या भएको प्रहरीले पुष्टि गरेको छ । पोष्टमार्टम रिर्पोट र प्रक्राउ परेका अभियुक्तको बयानका आधारमा बलात्कारपछि ती बालिकाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । विराटनगर महानगरपालिका–८ बलुवाईमा बस्ने उनको हत्यामा संलग्न २ जनालाई प्रक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ परेका दुवै युवा रुपमतिकै छिमेकी हुन् । २५ वर्षीय आवत अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान अघि बढाएको हो । आवत र चन्दु यही घटनाको सोधपुछका क्रममा यस अघि पनि पटक÷पटक पक्राउ परिसकेका थिए । चौथो पटकको प्रयासमा प्रहरीले उनिहरुनै दोषी रहेको निष्कर्ष निकालेको छ । प्रहरीले प्रमाणदिदै अनुसन्धान गरेपछि उनिहरुले अपराध स्विकार गरेका हुन् । हत्यामा संलग्न दुवै जना लागूऔषध दुव्र्यसनी भएको यसअघि पनि विभिन्न अपराधिक घटनामा मुछिएका थिए ।

लागूऔषधकै नसामा उनीहरुले बलात्कारपछि रुपमतिको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले घटनालाई अझै पनि गम्भीर अनुसन्धान भइरहेको बताए । १२ गते बेलुका पसलमा सामान किन्न गएर फर्किएपछि छिमेकीको घरमा टिभी हेर्न गएकी उनि हराएकी थिइन् । प्रहरीका अनुसार टिभी हेर्न गएकी उनलाई ति दुवै युवाले उठाएर लिएर गएका थिए ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार सुरुमा मुख बन्द गरेर उनीहरुले घरदेखि लगभग पाँच सय मिटर पर रहेको खोलाको डिलको चौरमा पुर्याएपछि बलात्कार गरेका हुन् । बालिकाले चिच्याउन र कराउन बल गरेपछि अन्सारी र महतोले मुख र घाँटी थिचेर पालैपालो बलात्कार गरेको बयान दिएका छन् ।

‘घाँटी थिचेर पालैपालो बलात्कार गरेपछि बालिकाको मृत्यु भयो,’ उनले भने, ‘बलात्कार गरिरहेकै बेला त्यहीँ छेउमा रहेको बाटो हुँदै राति ९ बजेतिर एक वृद्धा हिंडेको देखेपछि आफूहरु भएतिरै आएको आशंका गरेर उनीहरुले गुडियालाई बगिरहेको खोलाको पानी भित्र हालिदिएर हिँडेको खुलेको छ ।’ उनिहरुले घटना कसैले थाहा नपाउन भनेर उनले लगाएका कपडा केहीपर रहेको मुर्दाघाटमा लगेर छाडेका थिए । साथै शवलाई पनि खोलाले बगाएर लैजाओस् भनेर फालेको बताएका छन् ।

प्रहरीका अनुसार उनिहरुले यसअघि दुई जनालाई बलात्कारको प्रयास गरेका थिए । त्यो सफल नभएपछि उनिहरुको नजरमा गुडिया परेकी थिइन् । उनिहरुले गुडियाकै एक आफन्त युवतीलाई निशाना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यो प्रयास असफल बनेपछि टिभी हेर्न भनेर निस्किएकी बालिका उनीहरुको जघन्य अपराधको सिकार बन्नु परेको प्रहरीको भनाइ छ ।

युवतीलाई निशाना बनाउनु अघि पनि एक महिलालाई अन्सारीले पाउरोटीमा लागूऔषध नाइट्रोसन मिसाएर खुवाइ बलात्कारको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, ति महिलाले नखाएपछि उनिहरु त्यहाबाट हिडेका थिए । पक्राउ परेका दुई युवाले घटना स्वीकार गरेपछि उनीहरुले नै रुपमतीको टोपी र कपडा फ्यालेको ठाउँ प्रहरीलाई देखाइदिएका हुन् । घटना गराउने युवाले प्रहरीलाई घटनास्थल पनि देखाइदिएका हुन् ।

‘हत्या गरेर शव नै खोलामा फ्यालिदिएपछि पानीले प्रमाण नष्ट गरिदिँदा अनुसन्धानमा निक्कै मेहनत गर्नु पर्यो,’ ती अनुसन्धान अधिकृतले भने, ‘तर जे भए पनि धेरै ठूलो कसरत गरिंदा घटनाको वास्तविकतासम्म पुग्न सकियो ।’ उनका अनुसार सुरुमा कुनै पनि भरपर्दो सुकार नमिल्दा र आधार पहिल्याउन नसक्दा बलात्कारपछि बालिकाको हत्या भएको घटना अनुसन्धानमा धेरै जटिलताहरु उत्पन्न भए । प्रहरीले यो घटना कञ्चनपुरकी निर्मला पन्तसँग मिल्दो जुल्दो देखिएको जनाएको छ । पन्तको हत्याले यस्ता अपराधमा संलग्नलाई प्रमाण नष्ट गर्न धेरै पाठ सिकाएको प्रहरीको बुझाई छ ।