७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

विहे लगतै निकिता पौडेललाई तनाव, सरकारको रबिलाई सिध्याउने खेल हो त ?



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई पदच्यूत गर्न ठाडो निर्देशन दिएका छन् ।

आइतबार चलचित्र विकास बोर्डको चौमासिक समीक्षा गर्न भन्दै बोलाइएको बैठकमा पौडेललाई खवर गर्दागर्दै पनि अटेर गरी अनुपस्थित भएको भन्दै मन्त्री गोकुल बाँस्कोटाले पौडेलसङ्ग कडा स्पस्टीकरण सोधेर पदच्युत गर्न मन्त्रालयका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

बैठकमा बोर्डको प्रगति विवरणसम्बन्धी एजेन्डा पनि थियो,जसमा आफ्ना कुरा राख्न निकिताको उपस्थिति देखिएन । त्यो कुराले छोएपछि मन्त्रीले सहसचिव राधिका अर्याललाई सोधे, खवर थिएन,“थियो“, उसोभए किन उहाँ आउनुभएन ?

‘भर्खरै बिहे गरेर यति लामो हनिमुनमा गएको हो भने छुट्टी लिएको देखिनपर्यो,त्यो हैन भने स्पस्टीकरण सोधेर गोर्खापत्रमा जस्तै पदबाट हटाउन पर्यो, अदालत गए जान्छन् तर सधैं यसरी मनपरि गर्न पाउन्नन् ! बरु ताला लागे लागोस् यस्ता गतिछाडालाई राखेर बिकास बोर्ड उभो लाग्दैन !’

मन्त्री यसरी रिसाएपछि पौडेललाई जागिरबाट बर्खास्त गर्ने प्रक्रिया सुरु भैसकेको बुझिएको छ ।