७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई नियन्त्रण गरेका छन् : सल्लाहकार रिमाल

प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई नियन्त्रण गरेका छन् : सल्लाहकार रिमाल
अ+ अ-

काठमाडौं । सरकारले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लगाएको आरोपहरू सिधै खारेज गरेको छ ।

आइतबारको संसद बैठकमा कांग्रेसका सांसदहरुले बोल्ने समयमा बोल्दै सरकारलाई अधिनायकवादी, भ्रष्ट, शान्ति सुरक्षा दिन नसकेको, महँगी बढाएको, अनियमितता गरेको लगायतको आरोप लगाएको थियो ।

कांग्रेसका सांसद गगन थापाले डा.गोविन्द केसीलाई जोगीभन्दै दुई तिहाइको सरकारले सुतेको जोगीलाई उठाएको बताएका थिए ।

नेता थापाले डा.केसीको माग पूरा गर्नुभन्दा पनि ‘मार्सीमोहन’लाई दुई तिहाइको बहुमतले साथ दिएको भनेर सरकारको आलोचना गरेका थिए ।

तर प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कांग्रेसले लगाएको आरोपहरूमा कुनै दम नरहेको बताएका छन् । उनले सरकारले धेरै राम्रा काम गरेको भन्दै कांग्रेसलाई ती कामहरू नपचेको बताए ।

उनले सरकारका कामको आलोचना गर्नु प्रमुख प्रतिपक्ष दलको धर्म रहेको बताएका छन् । ‘कांग्रेसलाई यो सरकारले गरेका कामहरू चित्त बुझेको छैन’। , उनले भने, ‘कांग्रेससँग एजेण्डा छैन । सरकारको आलोचना गर्नेभन्दा केही जानेको छैन ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई धेरै नियन्त्रण गरेको उनले दाबी गरे । ‘शान्ति सुरक्षा बनेको छ । भ्रष्टाचार नियन्त्रण हुँदै गएको छ’, रिमालले भने, ‘कांग्रेसले भने जस्तो केही छैन ।’

नेपाली कांग्रेसको सोमबारको प्रदर्शनका बारेमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने, ‘लोकतन्त्रमा प्रदर्शन गर्न पाइन्छ । उहाँहरूले प्रदर्शन गर्नु हुन्छ । यसमा सरकारले केही भन्दैन ।’