७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई नियन्त्रण गरेका छन् : सल्लाहकार रिमाल



अ+ अ-

काठमाडौं । सरकारले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लगाएको आरोपहरू सिधै खारेज गरेको छ ।

आइतबारको संसद बैठकमा कांग्रेसका सांसदहरुले बोल्ने समयमा बोल्दै सरकारलाई अधिनायकवादी, भ्रष्ट, शान्ति सुरक्षा दिन नसकेको, महँगी बढाएको, अनियमितता गरेको लगायतको आरोप लगाएको थियो ।

कांग्रेसका सांसद गगन थापाले डा.गोविन्द केसीलाई जोगीभन्दै दुई तिहाइको सरकारले सुतेको जोगीलाई उठाएको बताएका थिए ।

नेता थापाले डा.केसीको माग पूरा गर्नुभन्दा पनि ‘मार्सीमोहन’लाई दुई तिहाइको बहुमतले साथ दिएको भनेर सरकारको आलोचना गरेका थिए ।

तर प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कांग्रेसले लगाएको आरोपहरूमा कुनै दम नरहेको बताएका छन् । उनले सरकारले धेरै राम्रा काम गरेको भन्दै कांग्रेसलाई ती कामहरू नपचेको बताए ।

उनले सरकारका कामको आलोचना गर्नु प्रमुख प्रतिपक्ष दलको धर्म रहेको बताएका छन् । ‘कांग्रेसलाई यो सरकारले गरेका कामहरू चित्त बुझेको छैन’। , उनले भने, ‘कांग्रेससँग एजेण्डा छैन । सरकारको आलोचना गर्नेभन्दा केही जानेको छैन ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई धेरै नियन्त्रण गरेको उनले दाबी गरे । ‘शान्ति सुरक्षा बनेको छ । भ्रष्टाचार नियन्त्रण हुँदै गएको छ’, रिमालले भने, ‘कांग्रेसले भने जस्तो केही छैन ।’

नेपाली कांग्रेसको सोमबारको प्रदर्शनका बारेमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने, ‘लोकतन्त्रमा प्रदर्शन गर्न पाइन्छ । उहाँहरूले प्रदर्शन गर्नु हुन्छ । यसमा सरकारले केही भन्दैन ।’