७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा रारा गोल्ड कपमा हिमाको सहयोग



अ+ अ-

पोखरा । यही फागुन ९ गतेबाट पोखरा रङ्गशालामा हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो पुरस्कारको प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सीले गर्ने भएको छ ।

हिमा असका कार्यकारी निर्देशक राजमान थकाली र आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको आयोजक संस्था सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले सो सम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर गरेका हुन् । आहा रारा गोल्डकपको दोस्रो पुरस्कारको राशि रु चार लाख एक हजार रहेको छ । उक्त सम्झौता आगामी तीन वर्षका लागि गरिएको हिमा असका कार्यकारी निर्देशक एवं सहारा अष्ट्रेलियाका अध्यक्ष थकालीले जानकारी दिए ।

कार्यक्रममा सहारा क्लबका अध्यक्ष थापाले आहा रारा गोल्डकपमा सहयोग गरेकोमा कन्सल्टेन्सीप्रति आभार व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन सबैको साथ सहयोग आवश्यक हुने बताए । सहारा क्लबले उक्त प्रतियोगिताको बचत रकमबाट सहारा एकेडेमीमा आश्रित २८ बालकलाई भरण पोषण, शिक्षा र फुटबल प्रशिक्षण दिँदै आएको छ ।