३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

जातीय विभेदका घटनामा मिलापत्र गर्ने क्रम बढ्दो

जातीय विभेदका घटनामा मिलापत्र गर्ने क्रम बढ्दो
अ+ अ-

अमरगढी——— डडेल्धुराका सदरमुकाम तथा ग्रामीण क्षेत्रका अधिकांश स्थानमा जातीय विभेदका थुप्रै घटना घट्ने गरेका छन् । तर तीमध्ये धेरै कम घटनाको उजुरी प्रहरीसमक्ष आउने गरेका छन् । 

सरकारले विसं २०६३ जेठ २१ गते नेपाललाई छूवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । छूवाछुत मुक्त राष्ट्र घोषणा भएको १२ वर्ष बितिसक्दा पनि डडेल्धुरामा जातीय विभेदका घटनामा उल्लेखनीय कमी आउन सकेको छैन । 

जातीय विभेद अन्त्यका लागि सरकारले जातीय भेद्भाव कसूर र सजाय ऐन २०६८ समेत लागू गरिसकेको छ । तर ऐन लागू भएको सात वर्ष वितिसक्दा पनि डडेल्धुरामा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । 

जिल्लामा जातीय छुवाछुत तथा विभेद घटनामा खासै कमी आउन नसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीको भनाइ छ । 

‘विगत दुई वर्षको तथ्याङ्कलाई हेर्दा जातीय विभेदका उजुरी अत्यन्त न्यून देखिएको छ’, उहाँले भन्नुभयो, ‘सो अवधिमा जातीय विभेद सम्बन्धी जिल्लामा नौ उजुरी र एउटा मुद्दा दर्ता भएको छ ।’ 

जातीय विभेद सम्बन्धमा आर्थिक वर्ष २०६५/६६ मा एक, आव २०७०/७१ मा तीन, २०७१/७२ मा चार र २०७२/७३ मा दुई उजूरी परेका छन् भने आव २०७४/७५ सम्म कुनै पनि जातीय विभेदका उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका मुद्दा फाँटका प्रमुख तथा प्रहरी नायब निरीक्षक करबीर ऐरले जानकारी दिनुभयो । 

उजूरी आउँछन् तर मिलापत्र गरेर जान्छन् । जातीय विभेद छुवाछुतसम्बन्धी पछिल्लो समय केही उजूरी परेपनि मिलापत्र गरेर जाने गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार २०६५ यता जातीय भेदभावअन्तर्गत १० उजुरी दर्ता भएपनि नौ घटनामा मिलापत्र गरेर टुङ्गोमा पु¥याएको र जातीय छूवाछुतसम्बन्धी एउटा घटना सम्बन्धमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय डडेल्धुराका प्रमुखसमेत रहनुभएका दिगम्बर मिश्रले सञ्चालन गरेको पसलमा चिया खाएपछि अमरगढी नगरपालिका–५ का महावीर सार्कीलाई गिलास माझँ भनेपछि उनले गिलास माझ्न नमानेको र चिया खाएको पैसा तिरेर जानथालेपछि दुबैबीच वादविवाद भएको थियो । विवाद बढेपछि २०६५ चैत २० गते जिल्ला अदालत डडेल्धुरामा जातीय छुवाछुतसम्बन्धी मुद्दा दर्ता भएको थियो । 

कुनै खाले जातीय विभेद तथा छुवाछुत नगरेको भन्दै अदालतले २०६६ सालमा मिश्रलाई निर्दाेष ठहर गरेको थियो । अदालतको फैसलामा चित नबुझेको र आफूमाथि अन्याय भएको भन्दै सार्कीले पुरानावेदन अदालत महेन्द्रनगरमा मुद्दा दर्ता गराएको छ । तर पुनरावेदन अदालतले पनि मुद्दाको कुनै फैसला नगरी पेण्डिङमा राखेको अभियानकर्ता तथा नेपाल दलित सङ्घका केन्द्रीय सदस्य भरत नेपालीले बताउनुभयो ।