१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघले चुनाव हार्ने निश्चित, चलखेलमा लाग्यो कांग्रेस : वरिष्ठ नेता खनाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो विद्यार्थी संगठन सँग नेविसंघले हार्ने निश्चित भएपछि नेपाली कांग्रेसले स्ववियू चुनाव सार्नका लागी प्रस्ताव अघि सारेको बताएका छन् ।

सोमबार स्वतन्त्र विद्यार्थी युनियन, आरआर क्याम्पसले काठमाण्डौमा आयोजना गरेको रचनात्मक कार्यक्रममा बोल्दै खनालले स्ववियु निर्वाचन सार्न कांग्रेसले चलखेल सुरु गरेको भन्दै उनले स्ववियू चुनाव पछि धकेल्ने प्रयास नगर्न कांग्रेसलाई सचेत समेत गराए ।

नेता खनालले स्ववियू चुनाव तोकिएकै मितिमा सम्पन्न गर्न पनि सरकारसँग माग गरे । उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आन्दोलन छोडेर देश निर्माणको अभियानमा जुटन समेत आग्रह गरे ।

खनालले देशको आर्थिक उन्नतिका लागि रचनात्मक काम गर्न छाडेर आन्दोलन गरिरहे कांग्रेस आफै कमजोर हुदैँ जाने चेतावनी दिए । देशमा राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक उन्नतिको दिशामा केन्द्रित हुने बेला आएको वरिष्ठ नेता खनालको भनाई छ ।