२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार विरुद्ध कांग्रेसद्धारा देशभर प्रर्दशन, प्रधानमन्त्रीको पुत्लामाथी वाइडबडी विमान



अ+ अ-

काठमाडौं । कम्युनिष्ट सरकार विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध प्रर्दशन गरेको छ ।

सरकारविरुद्ध जिल्ला जिल्लामा सडक आन्दोलन गरेको कांग्रेसले सरकार चलाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको हो ।

कांग्रेसले राजधानीको शान्ति वाटिकामा प्रदर्शनमा ‘केपीको पाराले, दुख पाए साराले’ भन्दै महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने ओली सरकारले सत्तामा बसिरहनुको औचित्य नभएकाले तत्काल राजीनामा दिनु पर्ने माग गरेका छन् ।

उनीहरुले नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणको छानविनको समेत माग गरे । कांग्रेसले वाइडबडी प्रकरणको छानविनको मात्र माग गरेनन् प्रधानमन्त्री केपी ओलीको तस्वीरमाथी वाइडबडी विमानको पुत्ला नै बनाएर प्रर्दशन गरेका छन् ।

आज कांग्रेसले एकैसाथ ७७ जिल्लामा सडक आन्दोलन गरेको छ । सवैतिर प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिनुका साथै सरकारबिरुद्ध चर्का नाराबाजी गरिएको छ ।