१४ भाद्र २०८३, आईतवार
,
Latest
सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्युबामा शक्तिशाली आँधीबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुग्यो



अ+ अ-

हवाना । क्युबाको राजधानी शहर हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बढेर छ पुगेको छ । सरकारी अधिकारीहरुले आइतबार सो जानकारी दिएका छन् ।

यस आँधीमा परी गम्भीर घाइते भएका १३ व्यक्तिमा दुई जनाको मृत्यु भएपछि यो सङ्ख्या छ पुगेको स्वास्थ्य मन्त्री जोसे एन्जेल पोर्टोल मिरान्दाले राज्यद्वारा सञ्चालित सञ्चार माध्यमलाई बताउनु भएको छ । यसअघि यसमा आँधीमा परी चार व्यक्तिको मृत्यु भइसकेको थियो ।

आँधीको कारण राजधानी हवानालगायत रेग्ला, गुवानाबाकोआ, सान मिगुएल डे ,पादरोन र टेन डे ओक्टेब्रे शहरहरु गत जनवरीको २७ तारीखबाट नै प्रभावित भएका थिए ।